नेपाली विद्यार्थीलाई ५० लाखको छात्रवृत्ति वितरण

काठमाडौं । पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीलाई ५० लाख छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौंको होटल ह्यातमा आयोजित विशेष कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयहरुमा अध्ययनरत ५ सय छात्रछात्रालाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स’ प्रदान गरेका हुन् । पाकिस्तानी दूतावासले सन् २०१३ देखि नेपालका जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष पाकिस्तानी राजदूत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

५० जना विद्यार्थीबाट सुरु भएको छात्रवृत्ति योजना ८ वर्षमा १० गुणा बढाएर ५ सय नेपाली विद्यार्थीलाई प्रदान गरेको हो । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेन्दार छात्रछात्रलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरे । सो कार्यक्रममा पशुपति माध्यमिक विद्यालय पर्वतका विद्यार्थी समिर केसीलाई २०२० को उत्कृष्ट विद्यार्थीका रुपमा स्वर्णपदक प्रदान गरिएको थियो ।

छात्रवृत्ति वितरण समारोहमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र पाकिस्तानले नेपालजस्तै समानस्तरको आर्थिक विकासका बाबजुद नेपालको शैक्षिक विकासमा योगदान गरेको भन्दै प्रशंसा गरे । उनले ‘धनभन्दा मन ठूलो’ भएको भन्दै पाकिस्तानले आफू समानको आर्थिक अवस्था भएपनि नेपालमा शैक्षिक विकासमा देखाएको तत्परता र विद्यार्थीहरुलाई उनीहरुको पठनपाठनमा गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।

उनले पाकिस्तानी दूतावासले आयोजना गरेको यस प्रकारका कार्यक्रमले दुई देशका जनता–जनताबीचको सम्बन्ध स्थापनामा समेत महत्वपूर्ण योगदान दिएको चर्चा गरे । नेपाल र पाकिस्तानबीच सरकारीस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले दुई देशबीचको जनस्तरको सम्बन्धलाई छात्रवृत्तिलगायत यस्ता कार्यक्रमले अझ प्रगाढ तुल्याउने विश्वास व्यक्त गरे ।

उनले नेपालको शैक्षिक क्षेत्रको विकासमा सरकारले ठूलो रकम खर्च गरेपनि सोही अनुसारको प्रतिफल आउन नसकिरहेको बताए । उनले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयको शैक्षिक स्तर झनै खस्कदो अवस्थामा रहेको भन्दै गुणात्मक र संख्यात्मक रुपमा शैक्षिक क्षेत्रलाई माथि उकास्न प्रयत्न गर्नुपर्ने बताए । सरकारी विद्यालयमा शिक्षक सेवा उत्तीर्ण गरेका शिक्षकहरु रहेपनि सोहीअनुसारको प्रतिफल दिन नसक्नु दुःखद भएको बताए । उनले आगामी दिनमा सरकारी विद्यालय पनि निजी शैक्षिक संस्था जसरी गुणस्तरीय शिक्षा प्रदानमा अग्रणी बन्नुपर्ने बताए ।

उनले भने, ‘सरकारी विद्यालयमा शिक्षक सेवा आयोग उत्तीर्ण शिक्षकहरु हुनुहुन्छ । निजीमा त्यस्तो छै्रन । तर नजिता हेर्ने हो भने निजी विद्यालयको धेरै राम्रो छ । तपाई शिक्षकहरुलाई आफू योग्य भएर पनि सोही अनुसार विद्यार्थीलाई योग्य बनाउन नसकेकोमा खिन्नता महसुस हुन्छ होला । यो अवस्थालाई सुधार्न आजैदेखि प्रयत्न गर्नुभयो भने सरकारी विद्यालयतिर विद्यार्थीलाई सजिलै आकर्षित गर्न सकिन्छ ।’ नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले नेपालको विकासका संवाहक युवा वर्ग भएको भन्दै उनीहरुलाई शैक्षिक रुपमा सबल बनाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले आगामी वर्षहरुमा छात्रवृत्तिको संख्या बढाउने जानकारी दिए । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संगठनका अध्यक्ष हिमालय शम्शेर जबराले नेपालका युवा तथा विद्यार्थीलाई थोरै भएपनि छात्रवृत्ति उपलब्ध गराएर पाकिस्तानले नेपालसँगको सम्बन्धलाई अझ नजिक ल्याएको बताए । उनले विद्यार्थीहरु पढाईमा भन्दा सामाजिक सञ्जाल र मोबाइलमा केन्द्रित हुँदा शैक्षिक गुणस्तरमा समेत ह्रास आएको आफूले महसुस गरेको भन्दै त्यसबाट सजग हुन अभिभावकहरुलाई सुझाव दिए ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व