काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।
कोरोनाबाट मुलुकभर मृत्यु हुनेको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मृतक मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
उनको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)






