गलकोट । बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ की दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकामा आज कालीगण्डकी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । शव प्रहरीले परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ । दिदीका घरबाट कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरीको जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 222 times, 1 visits today)






