मलामीको नक्कली पास लिएर यात्रु ओसार्ने पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ पानीघाटस्थित सडकबाट मृत्यु संस्कारको लागि जारी सवारी पास दुरुपयोग गरी सवारी चलाउने बा.११ च ६३ नम्बरको स्कारपियो गाडीका चालक पक्राउ परेका छन् । मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ चौकी टोल बस्ने ४४ वर्षीय प्रेम प्रसाद घिमिरेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा घिमिरेलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७७ असार २२ गते मृत्यु संस्कारको लागि काठमाडौं आउने प्रयोजनार्थ जारी गरेको म्याद सकिएको सवारी पास बोकेको अभियोगमा पक्राउ गरेको थियो । उनले ६ जना यात्रुहरू राखी चित्लाङ–काठमाडौं शाखा सडक प्रयोग गरी काठमाडौं प्रबेश गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान