Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश ४लमजुङमा क्वारेन्टाइनमा बसेका युवक मृत भेटिए

लमजुङमा क्वारेन्टाइनमा बसेका युवक मृत भेटिए

,

लमजुङ । लमजुङको क्वारेन्टाइनमा एक युवक मृत फेला परेका छन् । क्व्होलासोंथर गाउँपालिका– ९ गिलुङ चिसापानीको बुद्धोदय माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ बर्षीय युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।

उक्त क्वारेन्टाइनमा उनी एक्लै रहेको र बिहान हेर्न जाँदा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । क्व्होलासोंथर गाउँपालिका– ६ पसगाउँ निवासी युवक हुन् । युवक मृत अवस्थामा भेटिएपछि अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार युवक असार ३१ गतेबाट क्वारेन्टाइनमा बसेका थिए । ती युवकले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी भनाई छ । प्रनाउ थापाले भने– ‘युवकले पासोमा झुण्डिएर मरेको जस्तो देखिन्छ । खास कारणबारे हामीले अनुसन्धान थालेका छौं ।’

बुटवलमा दिदीको घरमा बस्दै आएका उनी पोखरा हुँदै पसगाउँ आएको क्व्होलासोंथर गाउँपालिका– ९ का वडा अध्यक्ष नन्दजङ गुरुङले बताए । उनका अनुसार पसगाउँ आएको असार ३१ गतेकै दिन क्वारेन्टाइनमा पठाइएको थियो । उक्त घटनापछि स्थानीयले विद्यालयमा क्वारेन्टाइन हटाउन माग गरेका छन् । उक्त क्वारेन्टाइनमा यसअघि २ जना बसिसकेका छन् ।

क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५, ६, ७, ८ र ९ वडाका नागरिकलाई लक्षित गरी बुद्धोदय माविमा ८ बेडको क्वारेन्टाइन निर्माण गरिएको गिलुङ गाउँमा घर भएकी क्व्होलासोंथर गाउँपालिकाकी उपाध्यक्ष कुमारी मुनी गुरुङले बताइन् ।

Loading comments...

आजको समाचार

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

सुजिता मृत्यु प्रकरण : काठमाडौबाट युवक पक्राउ

  काठमाडौं । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा नातामा सुजिताको दाजु पर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आफन्त एक युवकको नाम तोकेर...

समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

साताका लोकप्रिय समाचार

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

उडान संख्या बढेसँगै आन्तरिक हवाई भाडादर घट्यो

काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै बढाइएको उडान संख्याका कारण आन्तरिकतर्फको हवाई भाडादर घट्न थालेको छ । धनगढी–काठमाडौंका लागि प्रतियात्रु...

विभेदको जड राजनीतिक स्वार्थ

दलितलाई भाडामा कोठा पाउनै कठिन । बस्दै आएकाले पनि दलित भनी चिनिएकै कारण कोठा छोड्नुपर्ने । दलितप्रति घरबेटीकै व्यवहार फरक हुने भन्ने गुनासो बराबर...

देउवालाई विश्वासको मत दिने एमालेमा रहन सक्दैनन् : ओली

  काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने बताएको छ । पार्टीको निर्णय विपरीत विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने...

सिलिचोङका पहिरो पीडितको एक वर्ष टेन्टमै बित्यो

  संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका गाउँपालिका–१ का पहिरो पीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य भएका छन् । पहिरोले विस्थापित भएका...

ट्रेन्डिङ

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको दुवै सदनमा बजेट वक्तव्य...

अमेरिकाको चेतावनीले चिनियाँ अर्थव्यवस्था प्रभावित

बेइजिङ । कोरोना भाइरस (कोभिड–१९) का कारण एक महिनाभन्दा बढी समयदेखि बन्द रहेका चिनियाँ कलकारखाना पुनः खोल्न चीनले तयारी गरेपनि संयुक्त राज्य अमेरिकाका संक्राक्रामक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?