जनजीविकामा जोड देऊ

नयाँ आर्थिक वर्ष सुरु भइसके पनि अघिल्लो आर्थिक वर्षको घनचक्कर अन्त्य भएको छैन । अनियमिमता, आर्थिक अपारदर्शिता, रकम स्थानान्तरण, अनावश्यक खर्च, लिखित कागज उपलब्ध गराए पनि काम अपूरै रहेका र बजेट फ्रिज हुन नदिने नाममा मापदण्डविपरीत खर्च भएका सारा विवरण सार्वजनिक हुँदा कहीँ र कतै पनि जनजीविकाका लागि बनाइएका नीति तथा कार्यक्रम’bout खासै चर्चा सुनिएनन् । आखिर जनजीविका भनेको जनताको मुखमा साँझबिहान माड पर्ने नीति तथा कार्यक्रम हुन् । सयौं विवादित काम सम्पन्न गर्दा एउटा पनि यस्तो काम चर्चामा आएन । यसको सीधा अर्थ हुन्छ, बजेट अझैं पनि जनताको घरदैलोमा पुग्ने गरेको छैन । यद्यपि, जनताका लागि शासन गर्ने नाममा स्थानीय सरकार, प्रदेश र संघीय सरकारसहित तीनतीन तह निर्वाचित जनप्रतिनिधिका रूपमा संरचनात्मक हिसाबले खडा छन्, अस्तित्वमा छन् अनि उनीहरूमार्फत नै बजेट खर्च गरिएको छ । यसको अर्थ यो होइन कि बजेट खर्च अन्य शीर्षकमा स्वीकार्य र मान्य छैन । बरु यो हो कि कोरोना महामारीका कारण देशव्यापी लकडाउन भइरहेका बखत कठिन बन्न पुगेको जीविकोपार्जनको अवस्थालाई निरन्तरता दिनु जरुरी थियो र छ पनि ।

वैदेशिक रोजगार खोसिएको छ । स्वदेशमा रोजगारीको अवसर सिर्जना गरिएको छैन । विदेशबाट युवाहरू रित्तो हात फर्किइरहेका छन् । महामारीले च्याप्दै लगेको छ । खाने मुख जुट्दै छन् । देशको अर्थतन्त्र आफैंमा आत्मनिर्भर छैन । घरका भकारी खाली छन् । खेतबारी बाँझा छन् । बूढाबूढी र केटाकेटीले केको आय उपार्जन गर्नु ? आपतकालीन अवस्थामा केही गरिहालौं भन्ने अवसर पनि छैन । यस्तो बेलामा प्याकेजका रूपमा योजनाबद्ध किसिमले सरकारले रोजगार र स्वरोजगारका कार्यक्रम’bout नीति तथा योजना बनाउनैपथ्र्यौ र पर्छ पनि । कोरोना महामारी आफंैमा दीर्घकालीन प्रकृतिको रहेको छ । भनिन्छ, कुनै पनि महामारीको असर कम्तीमा एक दशक रहन्छ । त्यसैले पनि सरकारले अल्पकालीन तथा दीर्घकालीन नीति तथा योजना निर्माण र कार्यान्वयनमा रत्तिभर ढिलाइ गर्नुहुँदैन । महामारीले प्रभावित मानव पुस्तालाई जति सताउँछ, त्यसपछिका दसौं पुस्तालाई त्योभन्दा धेरै सताउँछ । विगतको भूतले मानव सभ्यतालाई निकै खेद्ने, तर्साउने र विचलित बनाउने गर्छ । कोरोनाको भूत आउने पुस्ताका लागि अविस्मरणीय त हुने नै छ, त्योभन्दा बढी यसले तीतो अनुभूत गराइरहनेछ ।

आजका दिनमा केकसरी अघि बढ्न सक्छौं मात्र होइन, भोलिका दिन कसरी उज्याला बनाउन सक्छौं भन्ने कुरा प्रमुख हो । भनिन्छ, बाबुबाजेको धर्मले छोरानातिपछिका सन्ततिसम्मलाई पुग्छ । यसको अर्थ हो, उज्ज्वल भविष्यका लागि आजैदेखि त्यसको जग हाल्न सुरु गर्नुपर्छ । प्रगति र समृद्धिका लागि हामीले चिनियाँ उखानलाई हेक्का राखिरहनुपर्छ । त्यो हो, एक वर्ष मात्र बाँच्नुछ भने धान रोप, दस वर्ष बाँच्नुछ भने रूख रोप र यदि सय वर्षसम्म बाँच्नुछ भने देशअनुकूल शिक्षा रोप । तर, आज कोरोनाको महामारीबाट जनतालाई त्राण दिन र मुखमा माड लगाएर प्राण दिन जनजीविकाका नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज