सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

काभ्रेपलाञ्चोक । जिल्लाको महाभारत गाउँपालिकाले १ जना सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरेको छ । गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बाको पहलमा उनीको उद्धार गरिएको हो ।

जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर २ की १९ वर्षीया सुनिता थोकर हेलिकप्टरबाट उद्धार गरी प्रसुती गृह अस्पताल, थापाथली पठाएको पालिकाको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार उक्त सुत्केरी थोकरको स्वास्थ्य अवस्था गम्भीर रहेकोले उद्दार गरेको जानकारी दिए । सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी प्रसुती गृह अस्पताल, थापाथलीमा उपचारका लागि लगिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३