भलिबल खेल्ने क्रममा युवकको मृत्यु

लमजुङ । लमजुङमा भलिबल खेल्ने क्रममा एक युवकको निधन भएको प्रहरीले जनाएको छ । उत्तरी क्षेत्रको मस्र्याङदी गाउँपालिका– ४ च्याम्चे गाउँका २१ बर्षीय दिपेश गुरुङको निधन भएको हो ।

गाउँमा भलिबल खेल्ने क्रममा दिपेश घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनका अनुसार साथीहरूसंग च्याम्चेगाउँको जनजागृति प्राथमिक विद्यालयको प्रांगणमा भलिबल खेलेको र खेल्ने क्रममा साइट वालमा ठोक्किएर घाइते भएका थिए । उनले भने, ‘घाइते गुरुङको उपचारका लागि जिल्ला सदरमुकाम स्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।’

मृतक गुरुङको शव पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएर शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा