पर्यावरण संरक्षणकर्ता दिलिपको न्याय माग्दै सर्लाहीमा विरोध प्रदर्शन

सर्लाही । पर्यावरण अभियन्ता दिलिप महतोकोे न्यायको माग गर्दै पूर्वपश्चिम राजमार्गको लालबन्दीमा शनिवार प्रदर्शन गरिएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानकर्मीहरुले महतोलाई राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको हो ।सामाजिक अभियन्ता सरोज रायको विशेष पहलमा सुरु भएको अभियान ढल्केवर र लहान पछि सर्लाहीको लालबन्दीमा शनिवार पर्यावरण अभियानी सुनिल यादवको संयोजकत्वमा सम्पन्न भएको प्रदर्शनमा सहभागीहरुले दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर, घटनाको छानविन गर्न उच्च स्तरिय छानविन समिति गठन गर, दोषीलाई कडा भन्दा कडा कारवाही गर, चुरे तथा वनजंगल संरक्षण गर, अवैध गिट्टीबालुवा उत्खनन बन्द गर लगायतको नारा लगाएका थिए ।

विरोध ¥याली लालबन्दी नगरपालिकाको विभिन्न भागको परिक्रमा गर्दै पश्चिम बसपार्क चौकमा आएर कोणसभामा परिणत भएको थियो ।अवैध नदी दोहनको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै आन्दोलन सुरु भएको छ।कोणसभामा पिडित परिवारबाट दिलीपको बहिनि संगम महतो, तराई मधेस राष्ट्रिय परिषदकी सदस्य पप्पु यादव, चुरे विकास मंचको उपाध्यक्ष राजेश भण्डारी, स्थानीय समाजसेवी शंकर बस्नेत लगायतका सम्बोधन गर्दै यथसिघ्र माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

अभियानले अगाडी फागुन ४ गते रौतहटको चन्द्रनिगाहपुर, फागुन ५ गते बाराको सिमरा र फागुन ६ गते पर्साको विरगञ्जमा दिलीपका हत्यारालाई कडा कारबाही र पर्यावरण सहिद घोषणा गर्ने माग सहित प्रदर्शन गर्ने कार्यक्रम रहेको चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए।दिलीपको हत्यामा संलग्न अझै केही आरोपीहरु फरार रहेको भन्दै उनीहरुलाई पक्राउ गरी कडा कारबाही, दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गर्दै अभियानले सुनिल यादवको संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रेको हो।

अभियानले गएको माघ २७ गते जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरिसकेको छ।गएको पुस २५ गते विहान धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर बस्ने २४ वर्षीय दिलीप महतोको घर नजिकैको औरही खोलामा टिपरले किचेर विभत्स हत्या भएको थियो। अवैध उत्खनन् भइरहेको थाहा पाएर रोक्न गएको बेला टिपरले किचेर दिलीपको हत्या गरिएको थियो।

घटना पश्चात देशभरि नै दिलीपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग भइरहेको छ। विरोध ¥याली कार्यक्रममा समाजिक अभियनताहरु राजकुमार ,राजेश भण्डारी,निरज अधिकारी,शंकर फुइयाल,सुनिल साह लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा