लागुऔषधसहित १ जना पक्राउ

सांकेतिक तस्वीर

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रित लागुऔषधसहित १ जना पक्राउ परेका छन् । शनिबार राती गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका–४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाइट्रोजेपाम १७ ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले हराएका तथा चोरी भएका २० थान मोवायल फेला पारी सम्बन्धीत धनिलाई बुझाईएको समेत जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ