Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ न्यूनचापीय रेखा नेपाल नजिक, मनसुन फेरि सक्रिय

न्यूनचापीय रेखा नेपाल नजिक, मनसुन फेरि सक्रिय

,

काठमाडौँ । न्यूनचापीय रेखा नेपाल नजिक आएसँगै मुलुकभर मनसुनी वायु सक्रिय भएर ठाउँठाउँमा वर्षा गराइरहेको छ । आज बिहानैदेखि मुलुकभरका अधिकांश भागमा सामान्यदेखि पूर्ण मौसम बदली भई धेरै ठाउँँमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले जारी वर्षा भने मध्यम खालको छ । मुख्यगरी प्रदेश नं २, ५, गण्डकी, वाग्मतीका धेरै स्थानमा वर्षा भएको छ । रातिदेखि भने अझै वर्षा थपिने सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटाले बताए ।

विभागका अनुसार आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश नं १ तथा प्रदेश नं ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । सोमबार बिहानदेखि भने मनसुन थप सक्रिय भएर थप वर्षा गराउने विभागले जनाएको छ । कतिपय स्थानमा भारी र केही स्थानमा उच्च भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

त्यसैले बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन अनुरोध गरिएको छ । मौसमविद्का अनुसार सोमबार साँझ या मङ्गलबार न्यूनचापीय रेखाले नेपाल छुने भएकाले भारी वर्ष निम्त्याउने छ । यही साउन ८ गतेदेखि विस्तारै दक्षिण जाने जनाइएको छ ।

प्राप्त विवरणमा डिसेम्बरदेखि अहिलेसम्मको आँकडा विश्लेषण गर्दा मुलुकमा औषतभन्दा बढी अर्थात् २३० प्रतिशत पानी परिसकेको छ । प्रिमनसुनको समयमा १३० प्रतिशत पानी परिसकेको छ । मौसम शुरु भएपछि पनि औषतभन्दा धेरै पानी परेर जमिन गलेकाले योपटक थोरै पानी पर्दा पनि जोखिम बढी हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु अनिल पोखरेलले बताए ।

यसबेला पुरानो पहिरो सक्रिय हुने, भूकम्पले क्षति पु¥याएको र धाँजा फाटेको स्थानबाट पानी पसेर पहिरो खसाउने सम्भावना अधिक हुनेछ । मानवीय गतिविधिलगायत बाटो खन्दा फालिएको माटो एकैपटक बगेर पहिराको रुप पनि लिन सक्नेछ । त्यहाँबाट बगेको पानीले नदीनालाको सतह बढाउनेछ ।

मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश नं १, २, वाग्मती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, नारायणी, बूढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी तथा तिनका सहायक नदीमा उल्लेख्यमात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्ने अनुमान छ । ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने ससाना नदी नालामा साउन ९ गतेसम्म नै आकस्मिक बहावको सम्भावना छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश नं ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा समेत बहाव बढ्ने अनुमान छ । केही नदी सतर्कता तह आसपास पुग्नेछन् ।

प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । यसअघि असार २५ देखि २९ गतेसम्म पनि यसैगरी मनसुन सक्रिय हुँदा ठूलो जनधनको क्षति भएको थियो । वैशाखयता मुलुकभर विपद्जन्य घटनाबाट १६० ले ज्यान गुमाइसकेका छन् भने ५२ जना हराइरहेका छन् । यसपाली पहिराले धेरै मानिसको ज्यान लिएको छ । पर्वत, बझाङ, सिन्धुपाल्चोक, जाजरकोट, कास्कीलगायत जिल्लामा अकल्पनिय पहिरो खसेको छ ।

(Visited 200 times, 1 visits today)
Loading comments...

आजको समाचार

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

विवाहमा २५ जना भन्दा बढी जन्ती जान नपाइने, पार्टी प्यालेसका लागि प्रशासनकाे अनुमति चाहिने

काठमाडाैं ।  सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन: निर्वाचनको तयारीमा बसौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

गोठमा गोरु छैन आँगनमा बाइक

गएको जेठमा रामचन्द्र काकाले हलगोरु बेचेछन् । विगत वर्षहरूमा गोरुको सिजन जेठमै सुरु हुन्थ्यो । जेठ नलाग्दै गोरु खोजेर हल बनाइसक्थे । आठ वर्षअघि...

ट्रेन्डिङ

गाँउपालिका उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण पुष्टि

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ सङक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न...

सेयरधनीलाई २ अर्ब २० करोड लाभांश बाँड्दै निगम

काठमाडौँ । नेपाल आयल निगम आफ्ना सेयरधनीलाई २ अर्ब २० करोड रुपैयाँ लाभांश बाँड्ने भएको छ । सेयरधनीलाई निगमको खुद नाफा रकमबाट चुक्ता पुँजीको...

इलाम नगरपालिकाका १९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

इलाम । इलाम नगरपालिकाका १९ जनाको कोरोना संक्रमण रिपोट नेगेटिभ आएको छ । आज आएको रिपोर्टमा १९ जनाको श्वाव संकलन असोज नौ मा गरिएको...

अध्यादेश ल्याएसँगै नेकपामा बढ्यो विवाद

काठमाडौं । सरकारले दुई महत्वपूर्ण अध्यादेश ल्याउने निर्णय गरेसँगै सोमबार बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा विवाद भएको छ ।...

क्रियाशील सदस्य दोब्बर बनाउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ । कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता...

नेतान्याहूले बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान

जेरुसेलम । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीका रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन...

कर्णालीमा विद्यालय खोल्ने तयारी

काठमाडौँ । कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा...

३०० विद्यार्थी फर्काउन ३० लाख विनियोजन

दुनै । डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट...

सेती अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नोबल कोरोना (कोभिड १९) अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण देखिएको छ । धनगढी उपमहानगरपालिकाकी २८...

समृद्ध नेपालका चुनौतीहरू

नेपालीले ४६ सालको सफल जनआन्दोलन हुँदै आजका दिनसम्म आइपुग्दा धेरैपटक लोकतन्त्रको सपना देख्ने अवसर पाए । तर प्रायः सबै कल्पना र सिद्धान्तमा सीमित हुँदै...

सार्वजनिक प्रशासनमा ट्रेड युनियन

ट्रेड युनियन कर्मचारी कामदारका संरक्षक हुन् । ट्रेड युनियनको उपस्थिति प्रजातान्त्रिक शासन प्रणालीमा मात्र सम्भव छ । ट्रेड युनियन कामदार कर्मचारीको एउटा सामाजिक संगठन...

सनिया सेमिफाइनलमा

काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी सनिया चन्द दुबईमा सुरु बिच फेस्टिबलअन्तर्गतको एयर ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको सेमिफाइनलमा प्रवेश गरेकी छन् । महेन्द्रनगरकी यु–१५ महिला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)