Sunday, April 18, 2021
Home प्रदेश प्रदेश १ धनकुटामा बाढीपहिरोले ५ परिवार विस्थापित, ठाउँ–ठाउँमा सडक अवरुद्ध

धनकुटामा बाढीपहिरोले ५ परिवार विस्थापित, ठाउँ–ठाउँमा सडक अवरुद्ध

,

धनकुटा । अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धनकुटाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बाढी पहिरोले कतिपय सडक अवरुद्ध भएका छन् भने केही परिवार बिस्थापित बनेका छन् ।

बर्षाका कारण अरुण नदीमा आएको बाढीले जमिन कटान गर्न थालेर घर जोखिममा परेपछि महालक्ष्मी नगरपालिका–५ रामबजारका तीन र पहिरोले घरमा क्षति पुर्याएपछि धनकुटा नगरपालिका–१ हिलेका दुई परिवारलाई स्थानान्तरण गरिएको छ । नदीको सतह बढ्दै गएर जोखिम बढेपछि रामबजारका दिपक भण्डारी, दिपेन श्रेष्ठ र धर्मध्वज राईको परिवारलाई सुरक्षित स्थानमा सारिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए । उनका अनुसार पहिरोले घरमा क्षति पुर्याएपछि हिलेका सेतुलाल तामाङ र डिल्ली घिमिरेको परिवारलाई पनि स्थानान्तरण गरिएको छ ।

बाढी र पहिरोका कारण साँगुरीगढी गाउँपालिका–७ स्थित गर्जुवाको बस्ती जोखिममा छ । सो स्थानमा रहेका ९ परिवार जोखिम मोलेर बस्न बाध्य बनेका छन् । गर्जुवा खोलामा आईरहेको ढुंगा माटोसहितको बाढीले कोशी राजमार्ग पटक–पटक अवरुद्ध भइरहेको छ । आउने बर्षाका कारण महालक्ष्मी नगरपालिका–६ स्थित माङमाया खोलामा बाढी आउँदा हिले–भोजपुर सडक अवरुद्ध भएको छ । बिहान करिव ९ बजेबाट सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन बीच बाटोमै रोकिएका छन् । खोलाबाटै गाडी पार गर्नुपर्ने हुनाले बर्षा कम भएर बाढी नघटेसम्म सवारी सञ्चालन हुनसक्ने अवस्था छैन । त्यस्तैगरी पहिरोका कारण मुलघाट–त्रिवेणी सडक पनि अवरुद्ध भएको छ । धनकुटा नगरपालिका–९ स्थित शिरशिरे भिरबाट ७ ठाउँमा पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

यता, साँगुरीगढी गाउँपालिका–१ भकुवा खोला नजिक तमरकोशी करिडोर पाँचथर भित्रि सडक खण्डमा पहिरोले गाडी पुरेको छ । पाँचथरबाट मुलघाटतर्फ आउँदै गरेको को.१ ज. ९४५० नम्बरको बलेरोलाई माथिबाट खसेको पहिरोले पुरेको हो । पहिरोले पुरेको करिब २ घण्टापछि जेसीबी लगाएर पहिरो पन्छाई गाडी निकालिएको प्रहरीले जनाएको छ ।

त्यस्तै साँगुरीगढी गाउँपालिका–७ स्थित लेउती खोलामा बाढीसँगै आएको पहिरोले धनकुटा नगरपालिकाको को.१ झ.५८४ नम्बरको गाडी पनि आधा पुरेको थियो । जेसीबीले माटो पन्छाएर केही समयपछि गाडी निकालिएको छ । अबिरल बर्षाका कारण धनकुटाका बिभिन्न स्थानमा भएको क्षतिको विवरण आउने क्रम जारी छ ।

(Visited 138 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

साताका लोकप्रिय समाचार

अध्यक्ष शेरचन विभूषित

काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक महेन्द्र शेरचन सुप्रवल जनसेवाश्री (तृतीय) बाट विभूषित भएका छन् । अध्यक्ष शेरचन राष्ट्रपति विद्यादेवी...

काठमाडौंसहित ठूला शहर विद्यालय एक महिना बन्द गर्न सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

१४ जिल्ला कोरोना अति प्रभावित सूचीमा

काठमाडौं । कोरोना संक्रमण देशभर तीव्र रूपमा फैलिएपछि सरकारले १४ जिल्लालाई ‘कोरोना अति प्रभावित’ भनी वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

ट्रेन्डिङ

महामारी र निजी क्षेत्र सुविधा प्याकेजको मापदण्ड

कोरोनाको कहरले नेपालको निजी क्षेत्रमा अकल्पनीय क्षति पुग्दै गएको अनुमान गर्न सकिन्छ । सम्पूर्ण यातायातका साधन सञ्चालन हुन नसक्दा यसबाट पुग्ने क्षतिको सहजै अनुमान...

कोरोनाबारे बालुवाटारमा बैठक : उडान रोक्नेसम्मबारे छलफल

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस संक्रमण फैलिन सक्ने अति उच्च जोखिममा सूचीकृत गरेपछि सरकारले त्यसको प्रतीरक्षा गर्न कार्ययोजना बनाउँदै अघि...

होटलमा बोलाएर बलात्कार गर्ने पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुर घर भएका १९ वर्षीय सबिन मानन्धर बलात्कार अभियोगमा पक्राउ गरेका छन् । फेसबुक मार्फत...

बढी भाडा असुल्दै सार्वजनिक यातायात

काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान्...

ललितपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

ललितपुर । ललितपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका थप १ जनाको मृत्यु भएको छ । योसँगै ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु हुनेको...

प्रतिनिधिसभा विघटन : यी न्यायाधीशको इजलासमा तोकियो पेसी

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की,...

कोरोना रोकथाम : कार्ययोजना कार्यान्वयन पक्ष नै फितलो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ...

एलजीको नयाँ वर्ष अफर : फ्रिज किन्दा माइक्रोवेभ ओभन सित्तैमा

काठमाडौं । एलजीले नयाँ वर्ष २०७८ लक्षित गर्दै आफ्नो नयाँ अभियान, ‘हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई’ जारी गरेको छ । योजनाअन्तर्गत...

कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु, तीन घाइते

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला...

कोरोना जितेकी युवती भन्छिन् : धैर्य र आत्मबल कोरोनाको औषधि

गलकोट । बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्...

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)