
डा. प्रकाश बुढाथोकी
वातावरणको परिवर्तनले संसार तातेको छ र यस शताब्दीको अन्त वा सन् २१०० सम्म अझ ६ डिग्री सेल्सियस बढ्ने अनुमान छ । यसैका कारण सन् २०५० मा सागरको पानी २१ सेमीमाथि आउने छ । सागरको छेउछाउ बस्ने १० करोड घरबारविहीन हुनेछन्, तीन करोडमा भोकमरी र १७ करोडमा पिउने पानीको समस्या देखिने भविष्यवाणी वैज्ञानिकले गरेका छन् । खडेरी, बेमौसममा भारी वर्Èा, हिउँ पर्ने क्रममा कमी, तापक्रममा वृद्धि, तातो दिन र तातो रातको वृद्धि, शीतलहरका दिन र समयमा वृद्धि तथा फागुन लागिसक्दा पनि चिसोका कारण जमिनको उत्पादकत्वमा गिरावट आएको छ ।
खाद्यान्नको अभाव भएको छ । पौष्टिकतामा कमी आएको छ । कुपोÈणको अवस्था बढेको छ, मानिस होचा पुड्का हुँदै छन्, शारीरिक र मानसिक रूपमा कमजोर हुँदै छन् । भविष्यमा कुपोÈणको समस्या र उत्पन्न स्वास्थ्य समस्याको वृद्धि झनै बढ्ने पक्का छ । पोÈक तŒवको कमी हुनासाथ शरीरलाई शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक वृद्धि विकास गर्न र रोगविरुद्ध लड्ने Ôमता वृद्धि गर्न सक्दैन । कुपोÈित नागरिक हु“दा विभिन्न रोगको संक्रमणको खतरा बढ्ने, संक्रमण काल लामो रहने तथा गाम्भीर्यता बढने हुन जान्छ । कमजोर नागरिकका कारण देशको उत्पादकत्व, अर्थतन्त्रलगायतमा पार्ने असर आ“क्नै नसक्ने हुन जान्छ ।
तराईमा मात्र पाइने औंलो कालाजार, इन्सेफ्लाइटिस, डेगु रोग उच्च पहाडी ठाउ“मा देखिनु पनि जलवायु परिवर्तनकै प्रभाव हो । त्यस्तै, जैविक कीटाणुमा पनि औषधि पचाउन सक्ने क्षमता बढेको छ । जलवायु परिवर्तनकै कारण पानीको मुहान र स्रोत सुक्दै गएकाले बढ्दो जनसंख्याले पनि पानीको अभाव झेल्नुपरेकोले पनि मानवीय रोग र स्वास्थ्यमा असर परेको छ । जलवायु परिवर्तनकै कारण अस्पतालमा बिरामीको चाप बढेको छ । वृद्धि भएको तापक्रमको कारण मुटु श्वासप्रश्वासजन्य रोग र त्यसका कारण हुने मृत्युदरमा वृद्धि भएको छ ।
जलवायु परिवर्तनका कारण विगत एक दसकमा पानीजन्य, कीटजन्य सरुवा तथा चोटपटक, मानसिक, पत्थरी, अन्धोपन र कुपोÈणजस्ता नसर्ने रोगको १० देखि १५ गुणासम्म तीव्र वृद्धि भएको पाइन्छ । नेपालमा सन् १९९८ देखि २००८ को तुलना गर्दा १० गुणासम्म कीटाणुजन्य रोगमा वृद्धि भएको पाइन्छ । नेपालमा बिरामी हुनेमा ५१ प्रतिशत कारण सरुवा रोग नै पर्छ, जुन जलवायु परिवर्तनसँगै दिन प्रतिदिन बढ्दो छ । नसर्ने रोग मानसिक रोग, चोटपटक, मुटुरोग, क्यान्सर, मिर्गाेलाको पत्थरी, अन्धोपना, कुपोÈण र त्यसबाट उत्पन्न जटिलता पनि लगातार बढिरहेका छन् । जर्मन वैज्ञानिककाअनुसार विश्वमा भएको बढ्दो तापक्रमले भविष्यमा जन्मने बच्चामा रांैको संख्या बढ्नेछ । पुरुÈ रौंमा हुने पुरुÈ क्रोमोजोमले महिलामा हुने रौंभन्दा बढी गर्मी सहन सक्छ । तसर्थ, अबका बच्चामा पुरुÈ रौंको मात्रा बढ्नेछ ।
वातावरण संवेदन मानिएका टाइफाइड, रातो आँउ, हैजा दसौं गुणाले बढेका छन् ।
सर्पको टोकाइ पनि ५ गुणाले बढेको छ । विÈालु सर्प नपाइने ठाउ“मा विÈालु तथा पहाडमा पनि तराईमा मात्र पाइने गोमन सर्प पाउन थालिएको छ । बिहारमा पाइने कालाजार केही वर्È अघिसम्म नेपालको दÔिण Ôेत्र र अहिले उत्तरतिर विस्तार भएको छ । उन्मूलनको अवस्थामा रहेको औंलो तराई Ôेत्रबाट पहाडतिर उक्लेको छ र अहिले मनाङ, मुस्ताङ, काठमाडांै र भक्तपुर जिल्लाबाहेक सबै जिल्लामा रहेको छ । हात्तीपाइले रोग ६० बढी जिल्लामा फैलिएको छ ।
जलवायु परिवर्तनसँगै लामखुट्टे बिस्तारै पहाडी भेगतिर विस्तार भइसकेको पाइन्छ । तरार्ईमा मात्र देखिने क्युलेक्स जातको लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस काठमाडौंमा सर्न थालेको छ । ८०० मिटरभन्दा अग्लो स्थानमा नपाइने क्युलेक्स जातको लामखुट्टे १३०० मिटरसम्मको उचाइमा पाइन थालेको छ । एडिस एजिप्टी लामखुट्टेबाट सर्ने खतरनाक रोग डेंगु अहिले आएर काठमाडौंकै बासिन्दामा पनि देखिएको छ । चिकन गुनिया पनि नेपालमा देखिन थालिसकेको छ । घरपालुवा तथा जगंली जनावरको पिसाबबाट मानिसको खुट्टा हुँदै सर्ने लेप्टोइस्पाइरोसिस पनि नेपालमा देखापरिसकेको छ । तराईमा मात्र पाइने लामखुट्टेलगायतका कीट र परजीवी पहाड र हिमालतिर पाइँदै छन् र विभिन्न कीटजन्य रोग निम्तिँदै छन् । नय“ानयाँ स्थानमा नय“ानयाँ रोग र समस्या देखिन थालेका छन् ।
तराई र नदी किनारमा बसोबास गर्ने मानिसमा छालासम्बन्धी समस्या बढेको छ । जीउ चिलाउने, घाउ हुने, खटिरा आउने, तातो हावाका कारण बेहोस हुने र मर्ने बढ्दै छन् । तापक्रम वृद्धिको कारण सूर्यको परावैजनी किरणको प्रभाव बढ्दै स्वास्थ्यमा नकारात्मक असर बढ्दो छ । हिमालवासीका अनुहारका छाला डढ्ने, आ“खामा असर परेर मोतियाबिन्दु र मोतियाबिन्दु भई अन्धोपन हुने सम्भावना रहने भएकोले भविष्यमा नेपालमा अन्धोपनको संख्या र समस्या धेरै बढ्ने संकेत छ । पहाडी र हिमाली वासिन्दाले पानी कम पिउ“छन्, तर जलवायु परिवर्तनको कारण पानीका स्रोत कम हुँदै छन् । पानी कम खाने तथा उपलब्धता पनि कम हुने भएपछि पानी अझै कम खाने तर गर्मी बढी हुने, पसिना बढी बग्ने हुँदा शरीरमा पानी कम भई मिर्गौलाको पत्थरी हुने सम्भावना बढी हुन्छ । तराईमा शीतलहर ३÷४ दिन चल्थ्यो, तर हाल २÷३ सातासम्म लम्बिएको छ । शीतलहरका बेला उत्पन्न हुने निमोनिया, डायरिया, श्वासप्रश्वासको समस्या, दिमागको नसा फुटी पÔाघात, उच्च रक्तचाप बढ्ने र भएकोमा झनै बढ्ने र मृत्यु हुनेको संख्या बढिरहेको छ र यसले भविष्यमा भयानक रूप लिनेमा दुईमत छैन ।
जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोपमा वृद्धि भएको छ । घटनाले भएको जनसंख्या विस्थापन, धनजनको हानी÷नोक्सानीले मानसिक तनाव वृद्धि भएको छ । घाउ, चोटपटक, मृत्युजस्ता समस्या आइरहेका छन् । बाढी प्रकोपपछि देखापर्ने झाडापखालालगायतका पानीजन्य रोग बढ्छन् । खानपान, स्वास्थ्य संस्था, बाटो ध्वस्त, आवागमनमा अवरोध, दुÈित पानी र सरसफाइमा कमीको कारण पनि स्वास्थ्य समस्या तथा संक्रमण प्रकोपका बेला बढ्छन्, जुन जलवायु परिवर्तनसँगै दिनप्रतिदिन बढ्दो छ र महाप्रलयको आशंका पनि छ । पुग नपुग एक लाख पीडित र ४ सयको मृत्यु भएको कालिकोट, जाजरकोटमा फैलिएको झाडापखाला, चितवनको डेंगु, अन्य स्थानका स्वाइन फ्लु, बर्डफ्लु पनि यसैसँग जोडिएको पाइन्छ ।
अन्तमा, जलवायु तथा मौसमसम्बन्धी परिवर्तनले द्रुतगति लिएमा निकट भविष्यमै बाढी, पहिरो, सामुद्रिक आँधी, अनिकाल, अनावृष्टि तथा भूकम्प समेत निम्त्याउने छ । यसको लागि सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडौं मानिसको मृत्यु र खर्बौं डलरको Ôति हुने निश्चित भएको विश्वस्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय मानवीय मामिला निरूपण निकाय तथा संयुक्त राष्ट्र संघले जनाएका छन् । मन्त्रालय तथा विभागका व्यक्तिŒव विभिन्न सम्मेलन, गोष्ठीमा भाग लिन्छन् तर के सिके के गर्नुपर्दछ केही कतै बताइँदैन, भनिदंैन र गरिदंैन पनि । जलवायु परिवर्तनको कारण उत्पन्न हुने नयाँनयाँ स्वास्थ्य समस्या र रोगको नियन्त्रण भविष्यमा झनै चुनौतीपूर्ण हुनेछ जसको लागि स्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्ययोजना र कार्यक्रममा परिमार्जनको आवश्यकता टड्कारो छ । भए÷गरेका नेसनल एडेप्टेसन अफ एक्सन प्लान, पब्लिक हेल्थ रेस्पोन्स कमिटीले पनि कुनै ठोस काम गर्नसकेका छैनन्, यस्तो कहिलेसम्म ?