इलाममा बाढीमा फसेका २ जनाको उद्धार

इलाम । इलामको माइखोलाको बाढीमा फसेका २ जनाको जिल्ला प्रहरी कार्यलय इलामले उद्धार गरेको छ । जिल्लाको माइजोगमाई गाँउपालिका–५ नामसालिङका ६६ बर्षीय लोक बहादुर नेम्वाङ र सोही ठाउँका ३० बर्षीय जोजो लिम्बु लाई बाढीमा फसेको अवस्थामा उद्धार गरिएको हो ।

सोमबार साँझमा नाम्सालिङ ५ मा अवस्थित माइखोला किनारामा खेतीपाती, गाईगोठ गरी फर्किने क्रममा एक्कासी माइखोलाको पानीको वहाव बढी बाढीले जमिन कटान गर्दा दुबै तिरको बीच जमिनमा उनीहरु रा्किएका थिए । दबै पटी बाढी बग्न थालेपछि बिचको जमिनमा रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यलय इलामले राति उद्धार गरेको हो ।

प्रहरी कार्यालय इलामका इन्सपेक्टर नबिन राईको नेत्रित्वमा खटिएको प्रहरी बल, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय व्यक्तिहरुको सामुहिक प्रयासबाट फसेका उक्त २ ब्यक्तिहरुलाई राती सकुशल उद्धार गरी निजहरुलाई आफन्तको जिम्मा लगाई पठाइएको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ