राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा जारी

सप्तरी । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उक्त आदेशको उलंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने समेत एक सूचना मार्फत जानकारी गराइएको छ । बैठकपछि जारि गरिएको निषेधाज्ञा ’bout सूचनामा राजविराज नगरपालिकामा कोरोना संक्रमणले एक जनाको मृत्यु तथा हालसम्म ४ सय ४ जनामा संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका भरी जारी निषेधाज्ञाको पालना गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ । यस अवधीमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थालहरुमा अनावश्यक आवतजावत, हिडडुल नगर्न समेत सचेत गराइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

सांसदलाई स्वकीय सचिव राख्ने निर्णय यथावत्