उदयपुर । उदयपुरको बेलका नरपालिकामा ट्रयाक्टरबाट लडेर एक जनाको ज्यान गएको छ । बेलका नगरपालिका– १ आम्बासीमा को २ त ५१८२ नम्बरको ट्याक्टरबाट लडेर आम्बासीमा ४५ वर्षीय तिर्थबहादुर कार्कीको ज्यान गएको हो । ट्याक्टरबाट खसेको कार्कीलाई पछाडीको चक्काले किच्दा घाइते भएका थिए ।
उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नाबय उपरिक्षक (डिएसपी)ं गोबिन्द्र पुरीले जनाए । चालक र ट्रयाक्टरलाई इलाका प्रहरी कार्यलय रामपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका (एसपी) भिमबहादुर दाहालले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)






