लमजुङमा पहिरोले ८ घर पुरिए

लमजुङ । लमजुङको विभिन्न स्थानमा पुनः पहिरोले चल्दा ८ घर पुरिएका छन् भने ७ घरमा लेदो पसेर बस्न नहुने बताएको छ । नोक्सानको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

मस्र्याङ्दी गाउँपालिका– ३, तरापु पल्लोटारीमा पुनः पहिरो चल्दा ८० घरमध्येका थप २ घर पुरिएको र ७ घरभित्र पहिरोको लेदो पसेर बस्न नहुने बनाएको छ । सोही वडाको खहरेमा गएको अर्को पहिरोले २ घर पुरेको छ । त्यस्तै राइनास नगरपालिका– ४ को चिसापानीमा गएको पहिरोले ४ घरमा पूर्ण क्षति पु¥याएको छ ।

विस्थापित परिवारलाई आफन्त जन तथा गाउँको विद्यालय भवनमा राख्ने काम स्थानीय तहबाट भएको छ । मस्र्याङ्दी गाउँपालिका– ३ मा मंगलबारदेखि निरन्तर पहिरो खसिरहेको र पछिल्लो पटक खसेको पहिरोले २ घरको नाम निशाना देखिन सकेको छैन । ७ घरलाई बस्न नमिल्ने गरी बाढीपहिरोको लेदोले ढाकिदिएको वडाअध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार उक्त गाउँका ८० घरपरिवारलाई स्थानान्तरण गरी विद्यालय, सामुदायिक भवन तथा आफन्तकोमा राखिएको छ ।

विस्थापित ८० घरका ४ सयजना बढीलाई खानाको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार विस्थापितहरूलाई विपद् व्यवस्थापन समिति साथै अन्य गैरसरकारी संस्थाहरूले पनि सहयोग गरेका छन् ।

करीब ५ सय मिटर माथिबाट खसेको पहिरोले स्थानीयका घर बगाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । उनका अनुसार पहिरोले बस्तुभाउ पुरिनुका साथै लत्तकपडा, भाँडाकुँडा, खाद्यान्न समेत बगाएको छ । बाढीपहिरोबाट जोगिन भाग्ने क्रममा ८ जना घाइते भएका थिए । उक्त स्थानमा पहिरो अहिले पनि खसिरहेको र गाउँ ’roundका स्थानीयलाई पनि सतर्क भएर बस्न भनिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
फोटो– पल्लोटारीको फोटो छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी