काठमाडौं । गायक हेम श्रेष्ठले विगतका वर्षझैं यसपटक पनि तीजलाई लक्षित गरेर नयाँ तीज भाका बजारमा ल्याएका छन् । यसपटक गायिका जुमना श्रीपालीसँग हेमले नयाँ तीज गीत ‘नाच्न आकी छु…’ संयुक्त गाएर भिडियो बजारमा ल्याएका हुन् ।
गीतमा हेम आफैंले संगीत गरेका छन् । गीतको शब्द कविता कार्कीले लेखेकी हुन् । यो तीज गीतमा रामकृष्ण थापाको संगीत संयोजन रहेको छ । सर्वसम्मान म्युजिकले बजारमा ल्याएको यो गीतको भिडियो निर्देशन प्रकाश क्षत्रीले गरेका हुन् ।
यो गीतको भिडियोमा शिशिर बुढाथोकीले नृत्य निर्देशन गरेका हुन् । जसमा सागर गौतमको छायांकन र प्रकाश एसकेको सम्पादन रहेको छ । यो गीतमा प्रकाश तामाङ, सम्झना थोकर, सोफिया र धिरजले अभिनय गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)






