मोरङ । मोरङको कटहरीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार बिहान को २ त १३७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा जहदा गाउँपालिका ५ बस्ने ५० वर्षीय विलट राजभरको मृत्यु भएको हो ।
कटहरी गाउँपालिका –२ हल्दिबारीस्थित भित्री सडकखण्डमा दक्षिणतर्फ जाँदै गरेको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेका साईकल यात्री राजभरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)