पहिरोमा दुई चालक पुरिएको आशंकामा पन्छाउन सुरु

बागलुङ । बागलुङ नगरपालिका–१ माझीबस्तीदेखि निरियाघाट जाने बाटोमा शनिवार राति गएको पहिरोमा पुरिएको दुई जना चालक पुरिएको आशंकामा खोजि कार्य सुरू गरिएको छ ।

शनिबार बेलुका साढे ८ बजे पहिरो जाँदा एक स्काभेटर, ट्रिपर र ट्याक्टर पुरिएका छन् । सडकमाथीको भागबाट सड्क सामग्री निकाल्दै गर्दा पहिरो खसेको थियो ।

पहिरो खस्दै गर्दा स्काभेटर चालक भागेर ज्यान बचाउन सफल भए पनि ट्रिपर र ट्याक्टर चालक सम्पर्क विहिन भहेको प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेले जानकारि दिए ।

दुवै चालक पहिरोमा पुरिएको आशंकामा आईतबार विहानैदेखि जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानिय परिचालन गरि उद्दारको काम भैरहेको छ ।

बानपा–१ का वडाअध्यक्ष सुर्य लामिछाने क्षेत्रीका अनुसार स्काभेटर, ट्रिपर र ट्याक्टर चालक सम्पर्कमा नआएको जानकारी दिए । उनले ग १ च ४६३७ नम्बरको ट्रिपर पुरिएको जानकारी प्राप्त भएपनि स्काभेटर र ट्याक्टरको नम्बर पत्ता नलागेको बताए ।

सडक सामग्री उत्खननमा वडा कार्यालयसंग कुनै समन्वय र जानकारी नभएको कार्यवहाक वडाध्यक्ष लालबहादुर खत्रीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा