ट्याक्टर चालकको शब भेटियो

बागलुङ । नगरपालिका–१ निरयघाट स्थित शनिबार राती गएको पहिरोमा पुरिएका ट्याक्टर चालक ‘रोशन’ भनिने धनबहादुर किसानको सब फेला परेको छ । पहिरोमा पुरिएका ध १ त ४०७ नम्बरका ट्याक्टर चालक बागलुङ नगरपालिका– ५ मालिकाका धनबहादुर किसान आइतवार विहान मृत अवस्थामा फेला परेका हुन ।

सडकमा बिछ्याउने कच्चा पदार्थ माटो ढुङ्गा मिसिएको गेग्रेटा झिक्ने क्रममा अचानक खसेको सुख्खा पहिरोमा टिपर चालक पर्वत जलजला गाउँपालिका–्८ पुख्यौली घर भई हाल कास्की बस्ने निर्मल पुन समेत पुरिएको आशंका गरिएको छ । मृतक किसानको सब पोष्टमार्टमको लागि धौलागिरी अंचल अस्पताल बागलुङमा राखिएको छ ।

आइतबार विहानैदेखि जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनामा र स्थानीय सम्पर्क विहिन ट्रिपर चालकको खोजीमा जुटेका छन । पहिरोमा परी स्काभेटर, एक ट्याक्टर र ध १ख ४६३७नम्बर एक ट्रिपर पुरिएको प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानले जानकारी दिए । स्काभेटरका चालक सिन्धुपाल्चोक घर भई बानपा १ रामरेखा बस्ने राजु माझी भने शनिबार राती नै सम्पर्कमा आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

epaper

ताजा समाचार

धमिलो मुुहानबाट सफा पानीको अपेक्षा