सप्तरीमा पीसिआर परीक्षण तीब्र बनाइयो, निषेधाज्ञामा कडाई

सप्तरी । जिल्लामा दैनिक कोरोना संक्रमित फेला पर्न थालेपछि विगत ६ दिनदेखि जारी राजविराज नगरपालिका क्षेत्र निषेधाज्ञालाई अझ कडाई गरिएको छ भने पीसिआर परिक्षण कार्यलाई तिब्र बनाइएको छ । पछिल्लो चार दिनमा राजविराज नगरपालिका क्षेत्रमा मात्र ५१ जना संक्रमित थपिनुका साथै दैनिक संक्रमित फेला पर्दै गएपछि निषेधाज्ञालाई थप कडा पार्नुका साथै पीसिआर परीक्षण कार्यलाई तीब्र बनाइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दैनिक १ सय ५० देखी २ सयसम्म आसंकितको स्वाब संकलन गरी परीक्षण गर्न थालिएको छ । स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा संचालनमा ल्याइएको पिसिआर परिक्षण प्रयोगशालामा दैनिक १ सय ५० देखि २ सय ५० जनासम्मको स्वाब संकलन गरी परिक्षण कार्यलाई तीब्र बनाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

पीसिआर परीक्षणका लागि स्वेच्छाले जाँच गराउने आउनेको संख्या पनि बढ्दै गएपछि भ्याई नभ्याई भएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले बताए । विगतमा यहाँबाट संकलित स्वाब परीक्षणका लागि धरान र बिराटनगरस्थित प्रयोगशालामा पठाउने गरिएकोमा मंगलबारदेखि उक्त प्रयोगशालाहरुले स्वाब लिन अस्वीकार गरेकाले संकलित सबैको स्वाब राजविराजस्थित प्रयोगशालामै परीक्षण गर्ने बाध्यता आइपरेको उनले सुनाए ।

अघिल्लो दिन यहाँ आइपुगेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले परीक्षणको दायरा बढाउन थप एकवटा पिसिआर मेशिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाले उक्त मेशिन जडान गरेपछि परिक्षण प्रक्रिया केही सहज हुने डा. झाको भनाई छ ।

यता कोरोनाको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासनद्वारा गत साउन ८ गतेदेखि जारी गरेको निषेधाज्ञालाई छौटौँ दिन मंगलबार थप कडाई गरिएको छ । मास्क प्रयोग नगरी बजारमा हिँडडुल गरेको पाइएका ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सीमा नाका तथा बजार क्षेत्रमा सतकर्ता बढाइएको छ । जिल्लाको १८ वटै स्थानिय तहमा कोरोना संक्रमण फैलिसकेको छ भने मंगलबारसम्ममा संक्रमितको संख्या ४ सय ६२ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, समाजवादी समेटिएन