धनकुटामा खाद्यान्न बोकेको गाडी खोलाले बगायो

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित सिम्सुवा खोलामा आएको बाढीले गाडी बगाएको छ । धरानबाट खाद्यान्न बोकेर साँगुरीगढीको गुर्धुम जाँदै गरेको को.१.ज १५४४ नम्बरको पिकअपलाई मंगलबारराती सिम्सुवा खोलामा आएको बाढीले बगाएको हो ।

ओलुटार–बुधुक सडक खण्डको बीचमा पर्ने सिम्सुवा खोलामा आएको बाढीले पिकअप बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । बाढीले बगाएर पिकअपलाई झण्डै २० मिटर तल पुर्याएको थियो । पिकअप बगाउँदा त्यसमा भएको ठूलो परिमाणको खाद्यान्न नष्ट भएको छ । मानवीय क्षति भने भएको छैन ।

घटनापछि भेडेटार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । बगेको पिकअपलाई जेसीवीको सहायतामा खोलाबाट निकालिएको भेडेटारका प्रहरी प्रमुख यदु खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 483 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ