काठमाडौं । गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
१३औं सागमा नेपालको तर्फबाट पहिलो स्वर्णपदक विजेता तथा नेपाललाई दुई स्वर्णपदक दिलाएका करातेका मण्डेकाजी श्रेष्ठलाई राष्ट्रिय युवा संघ नेपालले ५ लाख नगदसहित सम्मानित गरेका हुन् । मन्डेलाई युवा संघका रमेश आचार्य, धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुड विल बिल्डर्सका सिओ कराँतेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रममा गोजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सीईओ रोशिद उनिथान र स्थानीय समाजसेवी युनश डंगोलको पनि उपस्थिति रहेका थियो ।