Tuesday, January 19, 2021
Home अर्थ लगानी बोर्डको सीईओको अन्तिम अन्तर्वार्ता सम्पन्न

लगानी बोर्डको सीईओको अन्तिम अन्तर्वार्ता सम्पन्न

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सर्टलिस्टमा परेका पाँच जनाको शुक्रबार अन्तर्बार्ता भएको छ । दरखास्त दिएका १२ जनामध्ये पाँच जनाको सूची सिफारिस समितिले तयार पारेपछि शुक्रबार उनीहरू सबैको कार्यसम्पादन प्रस्तुति र अन्तर्वार्ता लिइएको हो ।

सरकारले बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीलाई गत चैत २४ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेपछि बोर्डको सीईओ पद रिक्त थियो । खुला प्रतिस्पर्धाका आधारमा सीईओ नियुक्त गर्ने सरकारको नीतिबमोजिम शुक्रबार पाँच जनाले कार्यसम्पादन प्रस्तुति दिएका थिए ।

शुक्रबार अन्तर्वार्ता दिएका मध्ये समितिले तीन जनाको नाम सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद् बैठकले एक जनालाई लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ । शुक्रबार कार्यसम्पादन प्रस्तुति दिएकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा, प्रदेश १ लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कोइराला र पूर्वसहसचिव लक्ष्मीविलास कोइराला छन् ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष उमेर ननाघेको व्यक्तिले दरखास्त माग गरिएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको विज्ञ समितिले १२ जनाको दरखास्त निवेदनमा उल्लेख भएको योग्यता, अनुभव र प्रस्ताव मूल्यांकन गरेको थियो । विज्ञ समितिमा सो समितिले हरेकको विषयमा मूल्यांकन गरी गत साता अर्थमन्त्री युवराज खतिवडाको सिफारिस समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल र योजना आयोगका पूर्वसदस्य गोविन्द नेपाल सदस्य छन् । उनीहरूले तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद् बैठकमा पेस गर्नुपर्नेछ । त्यसमध्ये एक जना सीईओ हुनेछन् ।

शुक्रबारको प्रस्तुति र अन्तर्वार्ताका आधारमा सुशील भट्ट, रामकृष्ण खतिवडा र सरोज कोइरालाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएर जाने सम्भावना रहेको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत जेठ ५ मा बोर्डको सीईओ पदका लागि दरखास्त पेस गर्न सूचना जारी गरेको थियो । दरखास्त पेस गर्नेहरूमा सरकारी निकायका पदीय जिम्मेवारीमा रहेका अधिकारीदेखि, बैंकर, पूर्वप्रशासक तथा चार्टर्ड एकाउन्टेन्टसम्म थिए । पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, नागरिक लगानी कोषका पूर्वप्रशासक तथा चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का अध्यक्ष कृष्ण आचार्य, विशेष आर्थिक क्षेत्र (सेज) का पूर्वकार्यकारी निर्देशक चण्डिका भट्ट र लगानी बोर्डमै परामर्शदाताका रूपमा काम गरिरहेका पूर्वाधारविज्ञ आशिष गजुरेल, माछापुच्छ«े बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रमेशचन्द्र पौडेल र शेरजंग कार्कीले बोर्डको सीईओ पदका लागि दरखास्त दिएका थिए ।

यो पनि पढ्नुहोस   डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

सीईओका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियर वा विकास परियोजनासम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय तथा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गर्नुपर्ने योग्यता हुनुपर्ने कानुनी व्यवस्था छ ।

प्रधानमन्त्रीले अध्यक्षता गर्ने बोर्डलाई ६ अर्ब रुपैयाँभन्दा बढी लगानीका परियोजनाको अनुमति दिने क्षेत्राधिकार छ । बोर्डलाई २ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको अनुमति तथा लगानीसम्बन्धी काम गर्ने अधिकार पनि दिइएको छ । यसबाहेक ठूला पूर्वाधार आयोजनाका विषयमा लगानी जुटाउने, अनुमति दिने तथा अनुगमन गर्ने अधिकार पनि छ । ठूला परियोजनामा फास्ट ट्र्याकमा लगानी भिœयाउन भन्दै २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा बोर्ड गठन भएको हो ।

सर्टलिस्टिङमा पर्नेमध्येका डा. कोइराला प्रत्यक्ष वैदेशिक लगानीमा विद्यावारिधि गर्ने नेपालकै एक मात्रै व्यक्ति हुन् । कोइरालाले योभन्दा अघिल्लो कार्यकालका लागि पनि सीईओमा आवेदन दिएका थिए । सीईओ नियुक्तिका लागि सर्टलिस्टिङमा भएका तीन जनाको नाममा कोइराला नम्बरको आधारमा पहिलो भए पनि मन्त्रिपरिषद्ले महाप्रसाद अधिकारीलाई सीईओ नियुक्ति गरेको थियो ।

रामकृष्ण खतिवडा यसअघि बोर्डमा परामर्शदाताका रूपमा काम गरेर छोडेका व्यक्ति हुन् । वैचारिक हिसाबले उनी कांग्रेस निकट हुन् । उनी कांग्रेस निकट भए पनि अर्थमन्त्री र गभर्नरको समर्थन पाएका छन् । अर्का दाबेदार सुशील भट्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहालका निकट हुन् । प्रचण्डका विश्वासपात्रका रूपमा रहेका भट्टले बोर्डको सीईओ बन्ने दाबेदारी प्रस्तुत गरेका हुन् ।

(Visited 118 times, 1 visits today)
Loading comments...

आजको समाचार

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको...

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

मिस्टर आरजेले ल्याए माकुरी

काठमाडौं । -यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को नयाँ गीत ‘माकुरी’ दर्शकमाझ ल्याएका छन् । समीर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आरजेको...

न्युक्यासलको पोस्टमा आर्सनलको ३ गोल

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलद्वारा न्युक्यासल युनाईटेड पराजित भएको छ । आफ्नै मैदानमा भएको खेलमा आर्सनलले न्युक्यासललाई ३–० गोल...

साताका लोकप्रिय समाचार

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

ललितपुर । बृहस्पति अस्त आज आइतबारबाट सुरु हुँदैछ । बिहान ११ बजेर ५८ मिनेटमा पश्चिममा अस्ताउने बृहस्पति आउने फागुन २ गते दिउँसो १२ बजेर...

ओली सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्छ : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापालले केपी ओली नेतृत्वको सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्ने...

सुनकोशी गाउँपालिका कार्यालयमा प्रचण्डको फोटो !

सिन्धुली । सरकारी कार्यालयहरुमा प्रायः राष्ट्रप्रमुख र सरकारका कार्यकारी प्रमुखहरुको फोटो राख्ने प्रचलन छ । तर यहाँको सुनकोशी गाउँपालिकामा भने नेकपाका अध्यक्ष प्रचण्डको फोटो...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

ट्रेन्डिङ

सन्जीव पराजुलीले ल्याए नयाँ गीत

काठमाडौं । गायक सन्जीव पराजुलीको आफ्नो नयाँ गीत ‘बाल्यकालको सम्झना...’को भिडियो दर्शकमाझ शुक्रबार ल्याएका छन् ।...

सर्वोच्चको आदेश : बन्दाबन्दी पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय ठप्प भएको समयमा सरकारले...

२१ वर्षपछि फरार अभियुक्त पक्राउ

इलाम । जिल्ला अदालतले एक वर्ष कैद सजाय फैसला गरेको फरार अभियुक्तलाई २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका ४...

ट्याक्टर चालकको शब भेटियो

बागलुङ । नगरपालिका–१ निरयघाट स्थित शनिबार राती गएको पहिरोमा पुरिएका ट्याक्टर चालक ‘रोशन’ भनिने धनबहादुर किसानको सब फेला परेको छ । पहिरोमा पुरिएका ध...

कोरोना परीक्षणमा खटिएका कर्मचारी पारिश्रमिकबिहिन

गुल्मी । कोरोना परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ३ महिनादेखि पारिश्रमिकविहीन भएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका...

अब पालो प्रिमियर लिगको

लन्डन । कोरोना महामारीको त्रासपछि झन्डै तीन महिनापछि विश्वमा खेलकुद गतिविधि बिस्तारै चलायमान हँुदै छ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरू सुचारु...

धुलिखेलमा मोटरल्यान्ड सर्किट

काभ्रे । अल्टिमेट हिमालयन मोटरल्यान्डले काभ्रेको धुलिखेलमा हिमालयन मोटरल्यान्ड सर्टिक सञ्चालनमा ल्याएको छ । झन्डै साढे चार करोड लगानीमा ३५ रोपनी जग्गामा निर्माण गरिएको...

२५ जेठसम्म कर नतिरे ब्याज र जरिमाना !

काठमाडौं । सरकारले लकडाउनकैबीच उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । सरकारले सार्वजनिक सूचना नै...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

थप ३४८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । थप ३४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गरिएको थियो । थपिएका...

भर्खरै

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...

सशस्त्रमा बाह्य हस्तक्षेप, तोकिएको गणमा किन जान पाएनन् खनाल ?

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा सोमबार विहान सि.सं. ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम थियो । ३२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहभागी...

डिम्याट खाता खोल्नेहरुको संख्या २५ लाख नाघ्यो

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भई २५ लाख नाघिसकेको छ । जसका...

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

धेरै पढिएका

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने...

एकता पहलको अनिवार्यता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अनायासै संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि मुलुक यतिबेला अस्थिरता, अन्योल, अराजकता तथा राजनीतिक संकटबाट गुज्रिन बाध्य...

प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने भ्रममा नपर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न...

अनुमतिबिना लोकदोहोरी गीतको प्रयोगमा रोक

काठमाडौं । टेलिभिजन च्यानल तथा युट्युब च्यानलबाट प्रसारण हुने विभिन्न रियालिटी सोमा प्रस्तुत हुने गीतको प्रतिलिपि अधिकार हनन भएको भन्दै स्रष्टाहरूको आफ्नो अनुमतिबिना गीत...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)