अन्तिम खेलमा युभेन्टस पराजित

रोम । मुख्य खेलाडीहरूलाई विश्राम दिएर सिरी ‘ए’ को अन्तिम खेल खेलेको च्याम्पियन युभेन्टस पराजित भएको छ । युभेन्टस घरेलु मैदानमा रोमासँग सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ३–१ ले पराजित भएको हो । युभेन्टस घरेलु मैदानमा दुई वर्षपछि पराजित भएको हो । २०१८ मा नेपोलीसँग पराजित भएयता युभेन्टस घरेलु मैदानमा पराजित भएको थिएन ।

रोमाको जितमा डिएगो पेरोट्टीले दुई तथा निकोला कालिनिकले एक गोल गरे । गोन्जाले हिगुआइनले गरेको गोल सान्त्वना बन्यो । घरेलु मैदान एलिएन्ज एरिनामा शनिबार राति भएको खेलको पाँचांै मिनेटमा नै हिगुआइनको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो । २३औं मिनेटमा निकोलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४४औं मिनेटमा डिएगो पेरोट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

डानिलोले रिकार्डाे कालाफिओरीलाई पेनाल्टी बक्समा फल गरेपछि रोमाले पेनाल्टी पाएको थियो । ५२औं मिनेटमा पेरोट्टीले व्यक्तिगत दोस्रो तथा टोलीका लाग तेस्रो गोल गर्दै रोमालाई ३–१ को जित दिलाए । जितसँगै पाँचौं स्थानमा रहेको रोमाले ७० अंक जोड्यो । उसले अर्काे सिजनको युरोपा लिग खेल्नेछ । पराजित युभेन्टस ८३ अंकमा रोकियो । दुई खेलअगावै च्याम्पियन बनेको युनेन्टसले खेलपछि यो सिजनको ट्रफी उचालेको थियो । युभेन्टसले लगातार नवौं सिजन सिरी ‘ए’को उपाधि जितेको हो ।

यस्तै अर्काे खेलमा इन्टर मिलानले एटलान्टालाई २–० ले पराजित गर्दै इटालियन सिरी ‘ए’मा दोस्रो स्थान पक्का गरेको छ । इन्टरले जित हात पारेपछि एटलान्टालाई ४ अंकले पछि पा¥यो । शीर्षस्थानको युभेन्टससँग १ अंक दूरी राख्दै सिजनको अन्त्य ग¥यो । इन्टरले ३८ खेलबाट ८२ अंक जोड्यो । तेस्रो स्थानमा चिक्त बुझाएको एटलान्टा ७८ अंकमा सीमित बन्यो । शीर्षस्थानको युभेन्टस पनि ८३ अंकमा रोकियो ।

जिविस स्टेडियम बरगामोमा शनिबार राति भएको खेलमा इन्टरको जितमा ड्यानिलो डि एम्ब्रुसो र एस्ले योङले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । इन्टरसँगको हारसँगै एटलान्टाको अपराजित यात्रामा पुर्णविराम लागेको छ । एटलान्टा पछिल्लो १९ खेलमा अपराजित रहेको थियो । २१ जनवरीमा एस्पालसँग २–१ ले पराजित भएयता एटलान्टा अपराजित रहेको थियो ।

यस्तै अर्काे खेलमा एसी मिलानले काग्लिएरीमाथि ३–० को सानदानर जित निकालेको छ । मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिच र स्यामुइल क्यास्टिलेजोले गोल गर्दा एक गोल उपहार पाएको थियो । अर्काे खेलमा नेपोलीले लाजियोमाथि ३–१ को सहज जित निकालेको हो । नेपोलीको जितमा फावियन, लोरन्जो इन्सिग्ने र माटियो पोलिटानोले गोल गरे । लाजियोका सिरो इम्मोवाइलले एक गोल फर्काए ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेन्छ्यायेम गाउँपालिकामा एमालेका खापुङ र कांग्रेसकी तिम्सिना निर्वाचित