दैलेखमा डोजर पल्टिँदा दुई जना घाइते

दैलेख । सोमबार बिहान ५ बजे दैलेखको ठाटीकाँध गाउँपालिकामा सडक खन्ने क्रमम डोजर पल्टिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–३ का ५४ बर्षीय विकास मल्ल र सोही गाउँपालिका –५ का २३ बर्षीय सहचालक नरेश कुमार भण्डारी रहेका छन् ।

सडक विभाग अन्तर्गतको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्कस्थित पिपल चौतारा भन्ने ठाउँमा डोजर दुर्घटना भएको हो । अँध्यारो समयमा सडक खन्दा चिप्लियर सडक भन्दा करिब २० मिटर तल एउटा रुखमा अड्किएको प्रहरी चौकी ठाटिकाँधले जनाएको छ ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार पछि डिस्चार्ज भइसकेको प्रहरी चौकी ठाटीकाँधका प्रहरी सहायक निरिक्षक रत्न खड्काले बताए । डोजर नयाँ भएकोले नम्बर प्लेट राखिएको छैन, खड्काले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 676 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम