प्रदेश १ मा थपिए ४३ जना नयाँ संक्रमित, मोरङमा मात्रै २० जना

मोरङ । प्रदेश १ मा मंगलबार मात्र ४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन । ती मध्ये मोरङका मात्र २० जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ सय ७१ पुगेको छ ।

मोरङमा देखिएका संक्रमित मध्ये १५ पुरूष र ५ जना महिला छन् । ती मध्ये विराटनगर महानगरका ८ जनामा संक्रमण देखिएको हो । विराटनगरमा कोशी अस्पतालका २ जना स्टाफ नर्स र एक सफाइ कर्मचारीमा कोरोना देखिएको छ । यस्तै विराटनगर ७ की २६ वर्षीया महिला, विराटनगर ८ की ३० वर्षीया महिला, विराटनगर ११ का ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक, विराटनगर १२ का ३३ र ३२ वर्षीय पुरुष, विराटनगर १३ का ३२ वर्षीया महिला र विराटनगर १४ का पुरुष रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुशार विराटनगरमा मात्र कोरोना संक्रमितको संख्या १५० पुगेको छ ।

यसैगरी मोरङको बुढिगंगामा १ महिला र ३ पुरुष, लेटाङमा २ पुरुष, उर्लाबारीमा १ पुरुष र केराबारीमा २ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । मोरङमा कोरोना संक्रमितको संख्या ३९२ पुगेको छ ।

यस्तै मंगलबार झापामा ८ जना पुरूष, सुनसरीमा ११ पुरूष र १ महिला गरि जम्मा १२ जना, इलामा २ पुरूष र धनुषा स्थायी ठेगाना भएका १ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको कचनकबलमा ३, भद्रपुरमा १, दमकमा २ र गौरिगञ्जमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा ११ पुरुष र १ महिला, धरानमा ३ पुरुष, दुहबीमा ४ पुरुष र इनरुवामा १ पुरुषमा कोरोना देखिएको छ । मंगलबार जिल्ला अस्पताल खोटाङको आइसोलेशनबाट कोरोनामुक्त भई एक पुरुष डिस्चार्ज भएका छन । प्रदेशमा अहिलेसम्म ४६ हजार ७ सय ६८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जानकारी दिएको छ । प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ