Saturday, September 19, 2020
Home Exclusive बिजुलीलाई पहिलो र पानीलाई दोस्रो प्राथमिकतामा राखेपछि किसान आन्दोलित

बिजुलीलाई पहिलो र पानीलाई दोस्रो प्राथमिकतामा राखेपछि किसान आन्दोलित

भेरी–बबई डाइर्भसनको नयाँ मोडालिटी

बर्दिया । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी मोडालिटीको टुंगो लागेको छ । आयोजनाको लगानी मोडालिटी टुंगो लागेसँगै बर्दिया र बाँकेका किसानहरु आन्दोलित भएका छन् । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रम अन्तरगत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई कम्पनी मोडलमा लैजाने गरी लगानी मोडालिटीको टुंगो लगाएपछि यस क्षेत्रका कृषकहरु आन्दोलित भएका हुन् ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई सरकारले प्रस्तावित भेरी बबई डाइभर्सन जलविद्युत कम्पनी लिमिटेडका रुपमा कम्पनी मोडलमा टुंगो लगाएपछि बर्दिया र बाँकेका सिँचाई उपभोक्ता कृषकहरुले विरोध जनाएका छन् ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुवाती चरणमा बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिञ्चाइ गर्ने कार्य पहिलो प्राथमिकता राखिएको थियो । भने आयोजनाबाट उत्पादन हुने विजुलीलाई दोश्रो प्राथमिकतामा राखिएको थियो । तर हाल प्रस्तावित कम्पनी मोडेलमा विजुली उत्पादनलाई प्रमुख प्राथमिकता दिइएको भन्दै सिञ्चाई उपभोक्ताहरुले त्यसको विरोध गरेका हुन् ।

प्रस्तावित भेरी बबई डाइभर्सन जलविद्युत कम्पनी लिमिटेडमा प्रदेश र स्थानीय तह तथा सरकार मातहतका निकाय, आयोजना प्रभावित र लाभग्राही तथा सर्वसाधारण समेतको लगानी रहने गरी लगानी मोडालिटी प्रस्ताव गरिएको भएपनि बर्दिया र बाँकेका कृषकहरुलाई पानीमा र कम्पनीको शेयर बाँडफाँडमा विशेष अग्राधिकार सहितको व्यवस्था गर्न माग गरेका छन् ।

आयोजना सम्पन्न भएपछि पानी वाँडफँडमा समेत प्रदेश सरकारसँग किचलो हुन सक्ने र बर्दिया बाँकेका किसानले सिँचाइका लागि पानी किन्नु पर्ने अवस्थासमेत आउन सक्ने भएकाले आफुहरुको हक अधिकार स्थापित गर्न उपभोक्ता कृषकहरु आन्दोलित हुनु परेको किसानहरूकाे भनाइ छ

बबई जलाधार क्षेत्र जलउपभोक्ता समन्वय समिति बर्दियाका सचिब दयाराम खड्काका अनुसार आयोजनाले सुरुवातमा सिँचाईलाई पहिलो प्राथमिकता र विद्युतलाई दोस्रो प्राथमिकतामा राखिएको थियो । तर अहिले सिँचाईलाई भन्दा विद्युतलाई पहिलो प्राथमिकतामा राखिएको हुँदा उपभोक्ताले विरोध जनाएको बताए । मन्त्रालयले तयार पारेको आयोजनाको नयाँ मोडालिटीमा बर्दिया र बाँकेका कृषकको हक अधिकार सुनिश्चित हुने कुनै पनि कुरा नराखिएको खड्काले बताए । आयोजना सम्पन्न भएपछि पानी वाँडफँडमा समेत प्रदेश सरकारसँग किचलो हुन सक्ने र बर्दिया बाँकेका किसानले सिँचाइका लागि पानी किन्नु पर्ने अवस्थासमेत आउन सक्ने भएकाले आफुहरुको हक अधिकार स्थानिप गर्न उपभोक्ता कृषकहरु आन्दोलित हुनु परेको उनले बताए ।

यो पनि पढ्नुहोस   बर्दियाका भारतबाट आएका पुरुषमा कोरोना संक्रमण

तीन तहको सरकारको ५१ प्रतिशत र सर्बसाधारणबाट ४९ प्रतिशत शेयर लगानी गर्ने गरि आयोजनाको नयाँ ढाँचा तयार पारिएको छ । सर्बसाधारणको शेयर मध्ये कर्णाली प्रदेशका जनताका लागि १० र आयोजना प्रभावित क्षेत्रका जनताले १० प्रतिशत शेयर पाउने नयाँ मोडालिटीमा उल्लेख छ ।

संघबाट २६ प्रतिशत, कर्णालीप्रदेश सरकारबाट २० प्रतिशत तथा आयोजना निर्माण हुने सम्बन्धित स्थानीय तहबाट ५ प्रतिशत गरी सरकारी लगानी ५१ प्रतिशत तथा देशभरका सर्वसाधारणबाट २९ प्रतिशत, कर्णाली प्रदेशका सर्वसाधारणबाट १० तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशत लगानी हुने गरी आयोजनाको नयाँ ढाँचा तयार पारिएको छ । यसमा आफुहरुलाई उपेक्षा गरिएको बाँके बर्दियाका किसानको गुनासो छ । बबई सिञ्चाई आयोजना क्षेत्र भित्रका कृषकहरुलाई नयाँ मोडेलले नसमेटिएकोले बर्दिया र बाँकेका किसानहरु आन्दोलित भएका हुन् ।

आयोजनाको नयाँ मोडेलले बाँके बर्दियाका किसानको स्वामित्वलाई अत्यन्त न्यूनिकरण गरेको बढैयाताल गाउँपालिकाका सिँचाई उपभोक्ता सुशिल चौधरीले बताए ।

आयोजनाको नयाँ मोडालिटीबाट आफुहरुको हक अधिकार सुनिश्चित नभएको भन्दै बर्दिया र बाँकेका सिँचाइ उपभोक्ता संघसंस्था, स्थानीय पालिका र सरोकारवालाहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री, उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र प्रदेश नं. ५ का मुख्यमन्त्री समेतलाई ज्ञापन पत्र बुझाएका छन् ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर जमीनमा बाह्रै महीना सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य रहेको छ । सोही अनुसार भेरी नदीको पानी बबईमा खसाल्नका लागि आवश्यक पर्ने १२ किलोमिटर सुरुंङ निमार्ण सम्पन्न भइसकेको छ । अहिले भेरी नदीमा ड्याम निमार्णको काम भइरहेको छ । भेरी नदीको ४० मनमिटर (प्रति सेकेन्ड) पानी बबईमा खसालेर त्यसबाट ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।

(Visited 109 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि, १४४७ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७...

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा...

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो...

भर्खरै

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

मोरङ । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम...

ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती (फोटो फिचर)

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि...

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये...

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ महिला र ४ जना पुरुष...

धेरै पढिएका

साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउ सरकार

तुलसीपुर । काठमान्डौका चिल्ला सडकमा दौड्ने साझा बसलाई रोल्पाको गाउँमा कुदाएर देखाउन यातायात व्यवसायीले सरकारलाई चुनौति दिएका छन्...

सासु, ससुरा र नन्द मिलेर गरेका थिए सुस्मिताको हत्या

चुरे मकवानपुर । मकवानपुरकी सुष्मिता केसी (थापा) को हत्या परिवारका सदस्यले नै गरेको प्रहरीले जनाएको छ । श्रीमानको मृत्युपछि लगातार मानसिक यातना दिंदै आएरका...

स‌ंक्रमणमा बालबालिकालाई यसरी सुरक्षित राख्न सकिन्छ

युरोप, अमेरीका, चिनलगायतको तुलनामा १८ वर्षमुनिका बालबालिका बढी संक्रमित देखिएका छन् । एक साताअघिको तथ्यांक हेर्दा १८ वर्षमुनिका १५ प्रतिशत बालबालिकामा पोजेटिभ देखिएको छ...

गौतमको राष्ट्रियसभा सदस्य अन्योलमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेको केही समय नबित्दै प्रधानमन्त्री केपी...

ई-पेपर

(Visited 63 times, 1 visits today)