दुर्गमका अँध्यारो बस्तीलाई उज्यालो बनाउँदै प्राधिकरण 

डडेल्धुरा । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले दुर्गम बस्तीहरुमा धमाधम बिजुली बाल्न थालेको छ । डडेल्धुरा जिल्लाका सातवटै स्थानीय तहहरुका सदरमुकामहरुमा विद्युतको पहुँच पहिले नै पुर्याएको विद्युत प्राधिकरण डडेल्धुराले ग्रामीण क्षेत्रका दुर्गम बस्तीहरुलाई लक्षित गरी विद्युत प्रशारणको काम गरिरहेको छ ।

केही दिन अघिमात्रै नवदुर्गा गाउँपालिका वडा नं. ५ को दुर्गम बस्ति चौड बान्नीका बस्तीहरुमा बिजुली बालेको छ । करिब डेढ सय परिवार रहेको चौड बान्नी क्षेत्रमा ५० केभी ए को ट्रान्सफर्मर राखेर लाइन चार्ज गरिएको डडेल्धुरा वितरण केन्द्रका प्राधिक प्रमुख पदमराज भट्टले बताए । उनले भने, ‘जुन दुर्गममा रहेका अध्यारा बस्तीहरुलाई उज्यालो बनाउने गरी प्राधिकरणले काम गरिरहेको छ ।’ साउन १९ गते मात्रै भागेश्वर गाउँपालिका वडा नं. ३ मड पनि विजुली बलेको छ । त्यहाँ पनि ५० केभिए को ट्रान्सफर्मर चार्ज गरिएको र उक्त लाईनबाट करिब ६० देखी ७० घरधुरी लाभान्वित भएको प्राविधिक प्रमुख भट्टले बताए ।

डडेल्धुराका अधिकाँश बस्तीहरुमा विद्युत सेवाको पहँुच रहेको भए पनि भागेश्वर गाउँपालिका साविकको रुपाल गा.वि.स.का केही बस्तीहरुमा आंशिक रुपमा विद्युत सेवा रहेको डडेल्धुरा वितरण केन्द्र प्रमुख ईश्वर श्रेष्ठले बताएका छन् । उनले भने, ‘भागेश्वर गाउपालिका र आलिताल गाउँ पालिकाका केही दुर्गम बस्तिहरु बाहेक डडेल्धुराका सवै बस्तीहरुमा बिजुलीको पहुँच पुगेको छ र केही बस्तिहरुमा बत्ती बाल्नका लागि लाइनको काम संचालनमा रहेकोले चाडै पुरा हुने अवस्थामा रहेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 564 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म