मोर्गनले तोडे धोनीको कीर्तिमान

लन्डन । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । आयरल्यान्डसँगको तेस्रो तथा अन्तिम खेलमा मोगर्नले धोनीले कप्तानको रुपमा अन्तर्राष्ट्रिय क्रिकेट (टेस्ट, ओडीआई र टी–२०)मा प्रहार गरेको सर्वाधिक छक्काको कीर्तिमान तोडेका हुन् ।

मोर्गनले आयरल्यान्डविरुद्ध ८४ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै १ सय ६ रन बनाएका थिए । मोर्गनले १२औं ओभरको पाँचांै बलमा जोस लिटिललाई पुल सटमा उत्कृष्ट छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रूपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बने । धोनीले ३ सय ३२ अन्तर्राष्ट्रिय खेलमा २ सय ११ छक्का प्रहार गरेका थिए । तर, मोर्गनले मात्र १ सय ६३ अन्तर्राष्ट्रिय खेलमा उक्त कीर्तिमान तोडेका हुन् ।

आयरल्यान्डविरुद्ध अन्तिम खेलमा चार छक्का प्रहार गरेसँगै मोर्गनले कप्तानको रूपमा अन्तर्राष्ट्रिय क्रिकेट २ सय १५ छक्का प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको नाममा छ । गेलले ४ सय ६२ अन्तर्राष्ट्रिय खेलमा कुल ५ सय ३४ छक्का प्रहार गरेका छन् । दोस्रो स्थानमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीको नाममा छ । अफ्रिदीले ५ सय २४ अन्तर्राष्ट्रिय खेलमा ४ सय ७६ छक्का प्रहार गरेका छन् ।

तेस्रो स्थानमा भारतीय ओपनर रोहित शर्मा छन् । शर्माले ३ सय ६४ अन्तर्राष्ट्रिय खेलमा ४ सय २३ छक्का प्रहार गरेका छन् । धोनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा पाँचांै स्थानमा छन् । ५ सय ३८ अन्तर्राष्ट्रिय खेलमा धोनीले ३ सय ५९ छक्का प्रहार गरेका छन् । मोर्गन सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानमा आठौं नम्बरमा छन् । उनले कुल ३ सय ४३ अन्तर्राष्ट्रिय खेलमा ३ सय २४ छक्का प्रहार गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी
प्याकु-यालको संस्मरण ‘आफैंलाई खोज्दा’को लोकार्पण
असारे बजेट खर्चमा सुधारको आवश्यकता
कांग्रेस बैठक : १४औं महाधिवेशन ७–१० फागुनमा
पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु
कोरोनाकै कुरा

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी