इलाममा १६ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन् । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरीसहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना शसस्त्र पहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । ६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँस्थित कोरोना अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यलय इलामका कोभिड १९ संयोजक विमल बरालले बताए । बरालका अनुसार थप उपचारको लागि पोजेटिभ देखिएका १६ मध्ये १० जनालाई मोरङ स्थीत गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर लैजाने तयारी भइरहेको छ ।

शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार इलाममा देखिएका संक्रमितहरुमा कसैमा पनि कोरोना संक्रमणको लक्षण देखा परेको छैन । शुरुमा एक जनामा देखा परेपछि शंखा लागेर सबैको परिक्षण गयोै तर पोजेटिभ देखिएका ४६ जनामध्ये कसैमा पनि कुनै किसिमको लक्षण भने नदेखिएको थापाको भनाई छ । इलाममा शसस्त्र प्रहरीका १६ जनासहित ४६ जनामा पोजेटिभ देखिएको छ भने जिल्लामा ७६ जना पुगेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ