बाजुराको बेलिबिज्र र झुलङ्गे पुल बगायो

बाजुरा । बाजुरा जिल्लामा आइतवार रातिको अबिरल बर्षसँगै आएको बुढिगंगा नदिले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको छ । साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदिमा बनाएको बेलिबिज्र आइतवार राति बर्षाले बगाएको र अब सदरमुकाम आवत–जावत गर्ने बाटो नै बन्द भएको प्रहरीले जनाएको छ । त्यससँगै बुढिगंगा नदिको बहाफ निकै बढेको स्थानीयहरुले बताएका छन । बाजुरा जिल्लामा सडकमा यो बर्ष निकै क्षेती पु¥याएको छ ।

बाजुराको बुढीगंगा नदिमा आएको पानीको बहावका कारण घागर, भौनेरा, रापकलगायत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षति भएको छ । उद्दार टोली सम्बन्धित स्थानमा जान सकेको छैन । बुढीगंगा नदिमा भएका झुलङ्गे पुलहरु बगाएका छन् । साँफे मार्तडी सडक खण्ड जोड्ने बुढीगंगा नदिमा भएको बेलिबिज्र बगाएको छ । स्थानिय ज्यान जोगाउन भागदौड गरिरहेका छन् । दशकौं पछि बुडीगंगा नदिमा यतिठुलो बाढि आएको छ ।

जिल्लाबाट राती ३ बजे हिडेको टोली बडिमालिका नगरपालिकाको वडा नं –९ को पहिरोका कारण जान नसकेको बताइएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती ३ बजे सदरमुकामबाट गएको भएपनी सदरमुकाम नजिकै सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 385 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका सुकुम्वासी बस्तीमा शनिबारबाट डोजर