काठमाडौं । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत काठमाडौंका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सोमबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।
मधुमेहको रोगसँगै निमोनियाँको समस्या देखिएपछि साउन १५ गते अस्पताल भर्ना भएका थिए । १९ साउनमा नमुना संकलन गर्दा ति पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 226 times, 1 visits today)






