उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुर । उदयपुरमा एकै परिवारका चारसहित १५ जनामा कोरोना संक्रमित थपिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको छ । उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारमा एकै परिवारका चार जनामा संक्रमित थपिएको हो । त्यसैगरी त्रियुगा नगरपालिका– ९ गहिरुनमा पनि एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको छ ।

केही दिन अघि मालपोत कार्यालय गाईघाटका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गरिएको पिसिआर परिक्षणमा मालपोत कार्यालयको ६ जनामा कर्मचारीमा एकै चोटी कोरोना संक्रमण भेटिएको छ । बेलका नगरपालिका– ९ रामपुर बजारका ६८ वर्षीय पुरुष, ६० वर्षीय महिला, २० वर्षीय महिला, २० वर्षीय महिला, १८ वर्षीय पुरुष, १७ वर्षीय महिला र साहारा लद्युबित रामपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी त्रियुगा नगरपालिका– ९ गैहिरुनका ६२ वर्षीय महिला, ३० वर्षीया महिला, ३८ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबै एकै घरका मालपोत कार्यालय गाईघाटका कर्मचारीका परिवार हुन् । त्यसैगरी मालपोत कार्यालय गाईघाटका कर्मचारीहरु ४४ वर्षीय पुरुष, ३८ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, ३२ वर्षीया महिला, २७ वर्षीय पुरुष, ४२ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय उदयपुृरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।

त्यसैगरी केहि दिन अघि बेलका नगरपालिकामा २ वर्षीय नाबालकसहित एकै घरका ४ जना सहित पुन ९ जनामा कोरोना संक्रमित थपिएको थियो । बेलकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएकोले त्यहाँका जनजीवन अहिले त्रसित छन् । केही दिन अघि बेलका नगरपालिकाकै जनप्रतिनिधि सहित ५ जनामा कोरोना संक्रमण भेटिएपछि बेलका नगरपालिकाका कोरोना संक्रमण समुदाय स्तरमा पुगेको थियो ।

कोरोना संक्रमित हुनेमा बेलका नगरपालिका– ९ का ७० वर्षीय पुरुष, उनका छोरा ४० वर्षीय पुरुष, बुहारी २७ वर्षीया महिला, २ वर्षीया नातीनी रहेको छ । त्यसैगरी छिमेकी २७ वर्षीया महिलालाई समेत संक्रमण पुष्टि भएको छ । त्यसैगरी बिभिन्न मुलुकबाट फर्किएर आएर क्वारेन्टिनमा बस्दै आएका बेलका नगरपालिका– १ का १८ वर्षीय पुरुष, बेलका नगरपालिका– ३ का ३० वर्षीय पुरुष, बेलका नगरपालिका– ४ का २८ वर्षीय पुरुष, बेलका नगरपालिका– ५ का ४० वर्षीय पुरुष रहेको छ ।

उनीहरुको साउन २ र ३ गते पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको थियो । बेलका नगरपालिका– १ आम्बासीका ३४ वर्षिय पुरुष, ३१ वर्षीय पुरुष, बेलका नगरपालिका– ९ रामपुरका ४० वर्षीय पुरुष, २५ वर्षीय पुरुष रहेका छन् । उनीहरुमध्ये आम्बासीका दुई जना असार २१ गते साउदी अरबबाट आएका हुन भने रामपुरका दुई जना असार ११ गते भारतबाट आएका हुन । संक्रमित ४ जना क्वारेन्टिनमा बस्दै आएकाहरु हुन् ।

त्यसैगरी केही दिन अघि बेलका नगरपालिका– २ पुरन्दहका ६२ वर्षीय वडाध्यक्ष सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बेलका नगरपालिका– ५ का ४० वर्षिय पुरुष, बेलका नगरपालिका– ९ का ३२ वर्षीय पुरुष, २३ वर्षीय पुरुष र बेलका नगरपालिका– ५ कै ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएका हुन् । संक्रमित मध्ये दुई जना असार १२ गते भारतबाट जोगबनी नाका हुँदै बेलका आएर क्वारेन्टिनमा बस्दै आएका युवाहरु हुन् ।

त्यसैगरी केहि दिन अघि उदयपुरमा एकै परिवारका ५ सहित १५ जनामा कोराना पोजेटिभ देखिएको थियो । तेश्रो मुलुलक तथा भारतको बिभिन्न स्थानबाट आएर त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा क्वारेन्टिन, ताप्ली गाउँपालिका– ५ रुपाटारमा रहेको महेन्द्ररत्न माबिमा रहेको क्वारेन्टिनमा बस्ने र कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका ३ बालबालिकासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतको दिल्लीमा होटल ब्यवसाय गरेर गत असार ३ गते फर्किएर कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका कटारी नगरपालिका– ५ का ४६ वर्षीय पुरुष, २१ वर्षीय पुरुष, १७ वर्षीया बालिका, १३ वर्षीया बालिका, १० वर्षीय बालिकाहरुमा कोरोना पोजेटिभ देखिएको उनीहरु एकै घरमा परिवार हुन् ।

भारतको दिल्लीबाट आएका त्रियुगा नगरपालिका– ९ गहिरुनका ३० वर्षिय महिला, दिल्लीबाट आएका त्रियुगा नगरपालिका– १० बोक्सेका ५३ वर्षीया महिला, बैदेशिक रोजगारीमा कुबेतबाट आएका त्रियुगा नगरपालिका– ६ जलजलेका ३० वर्षीया महिला, बैदेशिक रोगजारीमा कुबेत पुगेर आएकी त्रियुगा नगरपालिका– ४ बगाहाकी ३८ वर्षीया महिला, भारतको युपिबाट जोगबनी नाका हुँदै आएका त्रियुगा नगरपालिका– ६ का ३५ वर्षीय पुरुष, दिल्लीबाट जोगबनी नाका हुँदै भित्रिएका त्रियुगा नगरपालिका– १० बोक्सेका २६ वर्षीय पुरुष, कुबेतबाट आएका त्रियुगा नगरपालिका– २ मोतियाहीका ३० वर्षीय पुरुष र बैदेशिक रोजगारीमा दुबई पुगेर आएका त्रियुगा नगरपालिका– ८ चुहाड्का २३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीले जानकारी दिए ।

उनीहरु असार ९ गते कुबेत, दुबई भारतको दिल्ली, युपिबाट बिभिन्न नाकाबाट उदयपुर प्रबेश गरेका थिए । ताप्ली गाउँपालिका– ५ रुपाटारस्थित महेन्द्ररत्न माध्यामिक बिद्यालय रुपाटारमा रहेको क्वारेन्टिनमा बस्दै आएको ताप्ली गाउँपालिका– ४ रुपाटारका ४२ वर्षीय पुरुष र २५ महिलामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु दुबै जना भारतको दिल्लीबाट केहि दिन घर आएका दम्पती हुन् । उदयपुरमा कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ ।

प्रमुख सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएकोहरुमा कोरोना संक्रमण पुष्टि हुने गरेकोमा जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा फैलिएको बताए । भारत लगायतका देशबाट आएकाहरुलाई नगरपालिका तथा गाउँपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राख्ने गरेको छ ।

उदयपुरमा संक्रमित भएकाहरुलाई चौदण्डीगढी नगरपालिका– ६ सातधारेस्ति कोरोना उपचार केन्द्र बेल्टारमा राखेर उपचार गराई राखेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका श्रोत ब्यक्ति लौकाजी राईले बताए । पछिल्लो समय भारतबाट नेपाल भित्रिनेहरुमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिलासहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए । अहिले उदयपुरमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भई सकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ