विदेशले श्रम गर्न सिकायो, स्वदेशले पौरख

काठमाडौ । किर्तिपुरमा रहेको ‘राम लक्ष्मण अर्गानिक एग्री कल्चर फर्म’ मा अहिले भण्टा, खुर्सानी, घिरम्ला, चिचिण्डा, काँक्रो, तिते करेला लटरम्मै छ । ७ रोपनी जमिन भाडामा लिएर तरकारी खेती सुरु गरेकी शर्मिला अधिकारी राउत अहिले आफ्नै फर्मममा कुटो कोदोलो बोकेर डुलिरहेकी हुन्छिन् ।

जति बेला उनले कृषि र्फम सुरु गरिन् । कृषिसम्बन्धी सामान्य ज्ञान समेत थिएन । थियो त केबल संकल्प मात्रै । आफ्नै देशमा केही गर्छु भन्ने आँट थियो र होस्टेमा हैंसे गरिदिए श्रीमान निरबहादुर राउतले ।

भोजपुरकी शर्मिला राउतका दौंतरी भोजपुरमै थिए । केही झापा, बिराटनगर झरे पनि गाउँघरमा बस्नेहरुको स्थिती उही गाउँले शैलिमै बितिरहेको थियो । साँझ बिहान घरको काम दिउसो मेलापात । जतिसुकै परिश्रम गरेपनि जीबन निर्वाहमै सिमित थियो । तर, शर्मिलालाई आफ्नै जीबनशैलि चित्त बुझेको थिएन र केही कमाउने उद्देश्य लिएर लागिन् दुरको यात्रा ।

 किर्तिपुरमा ७ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेकी शर्मिला अधिकारी राउतले अहिले भोजपुरमा १ करोड लगानीमा कृषि फर्म खोलेकी छिन् । उनको फर्मममा अहिले २५ जनाले काम गर्छन्

दुध खाँदै गरेको भर्खर साढे ३ वर्षको थियो । काखे छोरालाई माइतीमै जिम्मा लगाउदा उनको मुटु कम्ति भक्कानिएको थिएन । नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ काम । एउटा मात्रै आश थियो त्यो सब गरेपछि केही कमाइन्छ । सन २००८ मा भिजिट भिसामा वैदेशीक रोजगारका लागि दुबई जाँदाको स्मरण उनको मनसपटलमा अहिले पनि ताजै छ । ७ वर्ष विदेशमै श्रम गरेपछि केही पैसा लिएर नेपाल फर्किइन् । तोतो बोली बोल्दै गर्दाको छोरा छाडेर गएकी शर्मिला फर्किदा छोरो आफ्नै दौंतरीसंग ‘ग्याङफाइट’ गर्न सक्ने भैसकेको थियो ।

शर्मिला जब नेपाल फर्किइन् । उनलाई लाग्यो ‘जति दुःख गर्न परे पनि यहि देशमा गर्छु विदेश जान्न ।’ ‘राम लक्ष्मण अर्गानिक एग्री कल्चर फर्म’ मा टहलिँदै गरेकी शर्मिलाले भनिन् । ७ रोपनी जमिनमा १० लाख रुपैयाँ लगानी गरिन् । २०७२ मा कृषि फर्म सुरु गरेकी शर्मिला अहिले म एक सिजनमा ७ लाख रुपैँया सम्म कमाई गर्छिन् । ‘७ रोपनीमा जमिनमा ३ लाख लगानी गर्दा आरामसँग एक सिजन ७ लाखसम्म आम्दानी गर्न सकिँदो रहेछ ।’ उनले भनिन् ।

अहिले उनलाई कुन सिजनमा कुन तरकारी लगाउदा राम्रो मुनाफा गर्न सकिन्छ राम्रो जानकारी छ । कृषि प्रविधी मात्रै हैन बजारको ’boutमा समेत बुझेकी छिन् । उनको अनुभवले भन्छ ‘खेती गर्दा कहिल्यै घाटा हुन्दैन । राम्रै आम्दनी हुन्छ । लगानी अनुसार आम्दानी भएकै हुन्छ ।’

उनलाई यो पनि थाहा छ । खेती गर्नेका लागि मेहनत अनिवार्य सर्त हो । विदेशमा जसरी नै खटिएर काम गर्ने हो भने स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिने रहेछ ।’ उनले भनिन् ।

भारतबाट वर्सेनी आउने करोडौँ मुल्यको तरकारीले भने नेपाली किसानलाई मारमा परेको उनको भनाई छ । सरकारले किसानलाई बिउ र मलहरुको व्यवस्था गरी दिने हो भने, आयातलाई रोक्न सकिन्छ ।’ उनले भनिन् ।

उनी उद्यमि किसान हुन् । बिचौलियाको कारण उपभोक्ताको भान्सा महंगो भयो भन्ने लाग्छ उनलाई । ‘तरकारी एवं खाद्यान्ह किसानबाट सिधै उपभोक्ताको घरमा जाने हो भने कुनै पनि तरकारी सिजनमा प्रतिकेजी २५ रुपैंया भन्दा बढी पर्दैन ।’ उनको फर्मममा अहिले पाँच जनाले रोजगारी पाएका छन् । उनको फर्ममा काम गर्नेले दैनिक १ हजार ३० रुपैंया पाउछन् ।

साँझदेखि बिहानसम्म कुटो कोदालो लिएर माटोसंगै जुधिरहेकी शर्मिलाको ज्यानले आराम पाउन हरेक दिन घाम अस्ताउनै पर्छ । तर, पनि खुसी छिन् ‘आप्नाे माटो आप्नै हुन्छ । अर्काको देशमा न भोक भन्न पाइन्छ पानी तिर्खा । नत थकाइ भन्न पाइन्छ त बिरामी हुँदा नै सुख पाईन्छ ।’

स्वदेशमा फर्केर कृषि पेशामा लागेर अनुकरणीय काम गरेको भन्दै नेपाल सरकारले उनलाई कृषि महिला उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मान समेत गरिसकेको छ । उक्त पुरस्कार २०७६ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको थियो । यो सम्मानले अझै कृषि क्षेत्रमा राम्रो गर्ने प्रेरणा मिलेको बताउछिन् ।

‘तरकारी एवं खाद्यान्ह किसानबाट सिधै उपभोक्ताको घरमा जाने हो भने कुनै पनि तरकारी सिजनमा प्रतिकेजी २५ रुपैंया भन्दा बढी पर्दैन ।’

किर्तिपुरमा गरेको खेतीबाट जसपाएपति जन्मस्थान भोजपुरमा समेत खेती बिस्तार गरेकी छिन् । भोजपुरमा उनको छुट्टै फर्म छ । २ सय रोपनी जमिनमा तरकारी, फलफूल र जडिबुटी खेतीदेखि कुखुरा पालनसम्म गरेकी छिन् ।

भोजपुरमा रहेको उनको फर्मममा टिमुर नर्सरी, कफी नर्सरी, अदुवा, बेसार, अलैँची, किवी, एबोकाडो लगायतका फलफुल र जडिबुटी रोपेकि छिन् । भोजपुरमा १ करोड लगानी गरेकी शर्मिलाले २५ जनाले प्रत्यक्ष रोजगारी पाएको बताईन् ।

अदुवा, बेसार, अलौची जस्ता वस्तु आफैं उत्पादन गरेर विदेश निर्यात गर्ने योजना छ उनको । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दिएको नेपाल असल कृषि अभ्यास सम्बन्धि अभिमुखिकरण तालिमको प्रमाणपत्रले उनलाई काम गर्न थप हौषला मिलेको छ । त्यसो त अहिले उनी विदेशबाट फर्केर आएका युवाहरुलाई व्यवसायीक तालिम पनि दिन्छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ