धादिङका ३२ वर्षिय युवाको कोरोनाबाट मृत्यु भएपछि धादिङमा निषेधाज्ञा

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा मंगलबार मृत्यु भएका धादिङको नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ज्वरो र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि उनको उपचारकै क्रममा मृत्यु भएको थियो । उनको मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

धादिङ मण्डली यातायातको गाडीधनी र चालकसमेत रहेका उनी धुवाँकोटबाट धादिङबेसीसम्म यात्रु र सामान ओसारपसार गर्थे ।

कोरोना संक्रमितको मृत्यु भएपछि धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा निषेधाज्ञा जारी गरिएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले कोरोना संक्रमितको मृत्यु भएपछि बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी