निराजन र सृष्टिको रोमान्टिक ‘साँझ’

काठमाडौं । लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो ।

तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता आएको छ र अरुबेला फिल्ममा व्यस्त हुने कलाकार फुर्सदको समयलाई म्युजिक भिडियोमा सदुपयोग गरिरहेका छन् । मिस नेपालसमेत रहेकी सृष्टिले पनि म्युजिक भिडियोको मोडलिङमा आफूलाई व्यस्त बनाउन थालेकी छिन् । यही क्रममा उनले अभिनय गरेको ‘साँझ’ बोलको भिडियो बिहीबार सार्वजनिक भएको छ ।

भिडियोमा उनले निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छिन् । रोमान्टिक फ्लेवरको यो गीतमा दिनेश शंकरले शब्द, संगीत र स्वर भरेका छन् भने भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा पेश गरिएको छ । उज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीतलाई नोभिया शंकरले निर्माण गरेकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मतदान अधिकृत भट्ट घाइते