युवाको मानसिक स्वास्थ्य’bout छलफल निरन्तर

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर द स्कुल अफ साइकोलोजी नेपाल, रोटरी क्लब अफ न्यूरोड सिटी र साइकडेक्स फाउन्डेसनले साताव्यापी युवाको मानसिक स्वास्थ्यका विषयमा अन्तक्रिया कार्यक्रम निरन्तर चलिरहेको छ । स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष तथा कार्यक्रम संयोजक डा. नरेन्द्रसिंह ठगुन्नाका अनुसार आज बिहीबार युवाको मानसिक अवस्था र चुनौतिका विषयमा छलफल भयो ।

छलफलमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष मानव ढुंगेल र नेपाली सेनाको छाउनी अस्पतालका मनोचिकित्सक प्रदीप मानन्धर र आयोजक नरेन्द्र सिंह ठगुन्नाले सहभागिता जनाएका थिए ।

युवा परिषद्का ढुंगेलले युवालाई मानसिकरुपमा स्वास्थ्य अर्थ, नेतृत्व, खेल, शिक्षालगायत पाँचवटा आधारले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले युवालाई मानिसक रुपमा स्वास्थ्य राख्न युवा परिषद्ले खेल्ने भूमिका’bout बोलेका थिए ।
यस्तै छाउनी अस्पतालका डा. मानन्धरले विश्वका युवाहरुको मानसिक स्वास्थ्य अवस्था र युवाहरु प्रति सरकारको नीतिलगायतका विषयमा स्पष्ट पारेका थिए ।

यस्तै युवाको मानसिक अवस्थाका ’boutमा डा. ठगुन्नाले आफ्ना भनाइ राखेका थिए । आजको कार्यक्रममा सहभागिताका लागि १ सय ५ जनाले नाम दर्ता गराए पनि ४५ जना मात्र सहभागिता रहेका थिए ।

यस्तै हिजो बुधबारको कार्यक्रम किशोर अवस्था एवम् युवाहरुको आत्महत्या रोकथाममा युवाको संलग्नताका विषयमा छलफल भएको थियो । छलफलमा कान्ति बाल अस्पतालका मनोचिकित्सक डा. उत्सर्ग कार्की र आत्महत्याका विषयमा लामो समयदेखि काम गरिरहेका आयोजक संस्थाका डा. ठगुन्नाले भाग लिएका थिए ।

अगस्ट ८ देखि युवाको मानसिक स्वास्थ्यको विविध विषयमा विज्ञहरुमार्फत् छलफल चलाइएको छ । कार्यक्रम अगस्ट १६ सम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी