सप्तरी । सप्तरीको शम्भुनाथ मन्दिरमा हुन लागेको एउटा बालविवाह स्थानिय समाज र प्रहरीको संयुक्त प्रयासबाट रोकिएको छ । जिल्लाको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ का लडु दासकी १५ वर्षीया छोरी निर्मलाको बिवाह शुक्रबार रोकिएको हो ।
उनको बिवाह सप्तरीकै विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुरका ३२ वर्षीय बिन्देश्वर दाससँग हुन लागेको थियो । सूचना पाएपछि प्रहरी उपरिक्षक कृष्ण प्रसाईको निर्देशनमा प्रहरी चौकी डिमनबाट हवल्दार महेश प्रसाद बैठाको नेतृत्वमा एक टोली बालिकाको घर पुगेको थियो । विवाहको साडीमा सजिएकी निर्मलालाई लिएर आफन्तजन बिवाहस्थल तय गरिएको शम्भुनाथ मन्दिरतर्फ जाने तयारीमा थिए ।
बेहुला पक्षले बेहुली लिन पठाएको कार पनि घर अगाडी हर्न बजाउँदै प्रतिक्षारथ थिए । त्यतिबेला नै स्थानिय नागरिक अगुवा र प्रहरीको पुगेको टोलीले बेहुलीलाई रोकिदिएका छन् । बेहुली लिन पुगेका गाडी पनि स्थानियले लखेटी दिए ।
प्रहरी र नागरिक अगुवाले बेहुलीका आमाबुबालाई उमेर नपुगी छोरीको बिवाह गर्न पाइन्न् भन्ने कानुनी व्यवस्था’bout समेत सम्झाएपछि उनीहरु विवाह रोक्न राजी भएका थिए । आर्थिक अवस्था निकै कमजोर रहेका निर्मलाका आमाबुबाले आफूहरुसँग दाइजो दिने रकम नभएको तथा दाइजो बिना नै आर्थिक रुपमा सम्पन्न परिवारका केटा पाएकाले छोरीको उमेरको ख्यालै नगरी बिवाह गर्न लागेको लाचारी सुनाएका थिए । तर, एकातिर छोरीको उमेर नपुगेको र अर्कोतिर दोब्बर उमेरका केटासँग बिवाह गर्नु हुँदैन भन्ने ’bout टोलीले सम्झाएपछि निर्मलाका आमाबुबा छोरीको बिवहाबाट पछि हटेका हुन् ।
उता शम्भुनाथ मन्दिरमा बेहुला बिन्देश्वर बिवाह मण्डप (मडवा) मा बसेर बेहुली आउने प्रतिक्षामा बसिरहेका थिए । परिवार र आफन्त नयाँ पहिरनमा सजिएर बेहुली कुरिरहेका थिए । तर, यो उत्साह धेरै बेर टिक्न सकेन् । बेहुली लिन गएका गाडी रित्तै फर्किएको देखेर सबैको खुशी उड्यो । चालकले सबै काहानी सुनाएपछि त्यही गाडी चढेर बेहुला र परिवार हतार हतार घर फर्केका छन् ।
प्रहरीले भने आफूहरु पुग्नु अगावै बेहुला र उनको परिवार मन्दिरबाट भागेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी तिलक भारतीले आफूहरुलाई बालविवाह ’bout जानकारी आए लगत्तै त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको बताए । ‘ऐन कानुन विरुद्ध हुने बिवाह वा कुनै पनि काम रोक्नु हाम्रो कर्तब्य हो’, उनले भने, ‘त्यही कानुनको पालन गराउन उक्त बिवाहमा हस्तक्षेप गरिएको हो ।’
जिल्लामा ६ महिनायता तीनवटा बालविवाह अभियन्ता र प्रहरीको संयुक्त प्रयासबाट रोकिएको छ । लुकिछिपि उमेर ढाटेर गरिने बालविवाह रोक्न र यसलाई निरुत्साहित गर्न समय समयमा जनचेतना अभियान थालिएको र यसमा सबैको सकारात्मक सहयोग आवश्यक रहेको प्रहरी उपरिक्षक प्रसाईको भनाई छ ।






