समुदायमा कोरोना देखिएपछि लमजुङको ५ वडामा निषेधाज्ञा

लमजुङ । लमजुङमा समुदायमा संक्रमण देखिएपछि जिल्ला प्रशासनले पाँच वडामा निषेधाज्ञा जारी गरेको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ५, ६, ७, ८ र ९ का सम्पूर्ण क्षेत्रमा जिल्ला प्रसासन कार्यलय लमजुङले निषेधाज्ञा जारी गरेको हो । स्थानीयबासीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि स्थानीय त्रसित भएका छन् ।

ट्राभल हिस्ट्र नभएका सुन्दरबजार नगरपालिका– ७ का ३२ बर्षीय एक पुरुषलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमण फैलन सक्ने भएकोले प्रशासनले शुक्रबार दिउँसोबाट निषेधाज्ञा जारी गरेको जिल्ला प्रसासन कार्यलय लमजुङका सहायक प्रजिअ काजीमान सुनारले बताए । उनका अनुसार शुक्रबार दिउँसो ३ बजे बाट अर्को व्यवस्था नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । उनले भने, ‘यो आदेशको बर्खिलाप भए गरेको पाइएमा जिल्ला प्रशासन कार्यलय लमजुङले कानुन बमोजिमको कार्वाही गर्ने छ ।’

निषेधाज्ञा जारी गरिएका क्षेत्रमा साविकको तार्कु गाविस, सुन्दरबजार गाविस र भोटेओडार गाविसको सम्पूर्ण क्षेत्र हो । यो अवधिमा औषधि उपचार, खाद्य बस्तु, खेतबारीमा कृषिजन्य कार्य गर्ने बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन रोक लगाउनुको साथै एम्बुलेन्स, बिरामी बोक्ने गाडी, खाद्य बस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमती प्राप्त साधन बाहेक कुनै पनि प्रकारको सवारी साधन संचालन गर्न पाइने छैन ।

साथै, प्रशासनले ती वडामा रहेका बैंक वित्तीय संस्था सहकारी आदि का सेवाहरू स्थगित गरेको छ । त्यस्तै यो अवधिमा धार्मिक सांस्कृतिक सामाजिक विवाह ब्रतबन्ध समेत गर्न रोक लगाएको छ । जिल्लाका सबै नाकाबाट अत्यावश्यक सवारी साधन एम्बुलेन्स र जिल्ला प्रसासन कार्यलयबाट अनुमति प्राप्त सवारी साधन बाहेक सम्पूर्ण सवारी साधन तथा पैदल आवत जावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।

लमजुङमा यसअघि कोरोना संक्रमितको संख्या एक सय ११ पुगेको थियो । तर एक सय नौ जनाले कोरोना जितेर घरमा फर्किसकेका थिए र २ जना मात्र आइसोलेसनमा रहेका थिए । उनीहरू सबै बहिरी जिल्लाबाट आएको व्यक्ति हुन् ।

यसप्रकार जिल्ला छिट्नै कोरोना मुक्त जिल्ला हुन्छ भन्ने आशा गरिएको बेलामा अचानक सुन्दरबजार नगरपालिका– ७ का स्थानीय पुरुष जसको ट्राभल हिस्ट्रिसमेत छैन– मा संक्रमण देखिदा जिल्लाबासी स्तम्भ भएका छन् । जिल्लामा मार्केटिङ पेशा गर्ने भएको र निकै चल्दापूर्जा व्यक्ति भएको बुझिएको छ । शुक्रबार मात्र उक्त वडासँग सीमा जोडिएको तनहूँको भानु नगरपालिका– १ का २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सब कारणले गर्दा पनि यहाँका बासिन्दामा संत्रास फैलिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 361 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम