Thursday, September 24, 2020
Home Breaking News यो साता संक्रमणले विदेशमा ज्यान गुमाउने न्यून

यो साता संक्रमणले विदेशमा ज्यान गुमाउने न्यून

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार यो साता सङ्क्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या शून्य छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ ।

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान हो ।

हालसम्म नेपालसहित ५९ हजार ४११ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । ती ८३ प्रतिशत अर्थात् ४८ हजार ५०४ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

५१ हजार ४४१ जनाको उद्धार
विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।

यो पनि पढ्नुहोस   धनुषामा थप २ जना कोरोना संक्रमितको मृत्यु

सरकारी नीतिले थप समस्या
दैनिकरूपमा अधिकतम ५०० जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने सरकारको निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदारलगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने भएको छ ।

सङ्घअन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौँको सङ्ख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् ।

विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ । उहाँले सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्रगतिमा अघि बढाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २०० जना गरेर जम्मा ५०० जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो ।

२४६ शव नेपाल ल्याइयो
विदेशमा विविध कारणले मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । एक सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनामध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।

(Visited 46 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

बुटवल कोरोना अस्पतालमा दुई जना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका...

नरायणगढ–मुग्लिन सडक खण्ड आज पनि अबरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार...

भर्खरै

अझै तीनदिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको...

होम आइसोलेसनमा बसेका जिल्ला प्रशासनका कर्मचारीको कोरोनाबाट मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट राजविराजमा बिहिबार बिहान थप एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी रहेका राजविराज ८ निवासी ६२...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

काठमाडौँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट...

धेरै पढिएका

लकडाउनमा ५४ जनाले गरे आत्महत्या

बारा । मुलुकमा लकडाउन भएको बेला बारा जिल्लामा ५४ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय जिल्लामा आत्महत्याका घटनाहरु बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ...

थप १ हजार ६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा आज थप १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या...

चन्द्रागिरि नगरपालिका सिल गरेर कोरोना परीक्षण

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र...

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै...

ई-पेपर

(Visited 63 times, 1 visits today)