कालिकोटमा बाढी र पहिरोले दुई सातामा २२ जनाको मृत्यु, ७ बेपत्ता

पहिरोको जोखिममा शान्तिघाट र हाउडी गाउँ ।

कालिकोट । निरन्तरको अविरल वर्षाका कारण बाढी र पहिरोले दुई सातामा कालिकोटमा २२ जनाको मत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन । असार १२ गते राति जिल्लाको नरहरिनाथ गाउपालिका वडा नं ३ र ७ मा आएको पहिरोले स्थानिय बाले वुढाको घर बगाउँदा परिवारका ७ जनाको मृत्यु भएको थियो । सोहि राति नै वडा नं ३ गोठीमा पनि दुई जनाको मृत्यु भएको थियो ।

यस्तै जिल्लाको रास्कोट नगरपालिका वडा –१ को तुसार खोलामा पनि स्थानिय टक्क टमटाको घर बगाउँदा उनको घरमा वास बस्न आएकी एक किशोरीको ज्यान गएको थियो । निरन्तर रास्कोटको सोही वडाको लहरेला बडोल्तोलामा जय बहादुर शाहीको घर बाढीले बगाउँदा उनका दुई छोरी, एक छोरा र उनको घरमा बस्न आएकी किशोरीे अझै बेपत्ता छन् ।

यसैगरि निरन्तरको वर्षाले जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकाको वडा नं ७ पोरिबनमा स्थानिय पशुराम संज्यालको घरमा माथि पहिरो आउदा, दुई जनाको ज्यान गएको थियो । पहिरोमा परि तेहि रातिनै महावै गाउँपालिका वडा र्न ७ राम्नीमा पनी पहिरोले घर बगाउदा दुई जनाको मृत्यु भएको थियो । केहि समय रोकिएको वर्षा फेरि सुरु हुँदा जिल्लाकै महावै गाउँपालिका नकुमा घरमाथिबाट आएको पहिरोले एकै परिवारका चार सहित छिमेकी दुई गरेर सोहीराति ६ जनाको मृत्यु भएको छ । सोही दिन नरहरिनाथ गाउँपालिकामा पनि दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको थियो ।

असार १२ गतेदेखिको विवरण हेर्ने हो भने, जिल्ला भरि दुई सातामा २२ जनाको मृत्यु भएको छ, भने, ७ जना अझै बेपत्ता भएका छन ।

अधिकांश गाउँ वषौंदेखि पहिरोको जोखिमा
जिल्ला विपद्व्यवस्थापन समितिको विवरणमा जिल्लाका अधिकांश गाउँ पहिरोको उच्च जोखिम रहेको निश्कर्ष निकालेको छ । जिल्ला विकास समितिको पालादेखि बाढी र पहिरोको जोखिम रहेका बस्तीहरुको मुल्यांकन गरेपनि अहिलेसम्म कुनै चासो र पहल नगरेको पाइएको छ । वषौंदेखि विपद् व्यवस्थापन समितिको फाइलमा जोखिम बस्तीको पहिचान गरिएको छ तर, अहिलेसम्म पहिरोको तटबन्धन र बस्ती स्थानन्त्रण गरिएको छैन । वषौंदेखि पहिरोको उच्च जोखिम मानिएको जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ६ को हाउडी गाउँको पहिरोको स्थानिय सरकारदेखि प्रदेश सरकारले पनि चासो नदिएको पहिरो पीडितहरुले गुनासो गरेका छन् ।

‘गत वर्ष पनि गाउँमाथिबाट पहिरो आउदा स्थानिय सरकारले त्रिपालमा खुल्ला चौरमा राख्यो । वर्षा रोकिएपछि उही गाउँमा जान बाध्य भयौँ, अहिले फेरि पहिरो फुटेको छ । हामीहरु अर्कोको घरको गोठमा वसाई सरेका छौँ ।’ तर, स्थानिय सरकारदेखि प्रदेश सरकारसम्म बस्तीनै स्थानान्तणको माग गर्दा अहिलेसम्म हामिहरको मागको सुनुवाई नभएको पहिरो पिडितले गुनासो गरेका छन् ।

यस्तै जिल्लाको रास्कोट नगरपालिका वडा नं ६ को शान्तिघाटको खोलामा पहिरो आउदा हिँड्ने झोलंगे पुल पनि बगाउनुका साथै सिंगो गाउँनै जोखिममा रहेको छ । यस्तै रास्कोटकै वडा र्न ३, २ र १ पहिरोको बढीनै जोखिम रहेको नगरपालिकाले जनाएको छ । पहिरोले गाउँमै लिन सक्ने जनाएको छ । यस्तै जिल्लाको शान्नि त्रिवेणीको पोरिवनका ३२ घरधुरी अहिले पनि सामुदायिकक वनमा त्रिपालमा छन् । नरहरिनाथका तीनसय घरधुरी, रास्कोटका तीन सय घरधुरी, महावैको नकुगाउँ पनि पहिरोको उच्च जोखिम रहेको स्थानिय तहले दिएको जानकारीमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 874 times, 1 visits today)

epaper

ताजा समाचार

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका