प्रदेश १ मा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

मोरङ । प्रदेश १ मा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार मात्र मोरङमा १सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएकामध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार ती मध्ये विराटनगर महानगरपालिकामा मात्र ९६ जना संक्रमित थपिएका छन् । महानगरमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कन्काईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै उदयपुरको बेलका र त्रियुगा नगरपालिकामा १र१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ ।

यस्तै प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ । प्रदेश १ मा मंगलबार २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७० हजार १ सय २ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालय जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ