गुणराजको आफ्नै साथीहरुबाट हत्या

सांकेतिक तस्वीर

इटहरी । सुनसरीका गुणराज यादवको हत्यामा संलग्न ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भोक्राहा गाउँपालिका ७ का यादवको गत ३१ गते प्लाष्टिकको बोराभित्र शब फेला परेको थियो ।

२९ गते मृतक गुणराज घरबाट मोबाईल पसलमा काम छ भनी निजको साथी शिव कुमार मेहतासंग इनरुवा बजार गएको सुनसरी प्रहरीको अनुसन्धानबाट खुलेको छ । सँगै साथीहरुसँग रक्सी खाएका यादवलाई साथीहरुले संवेदनशील अंगमा लात्ताले पटक–पटक हानेको अनुसन्धानबाट खुलेको छ ।

घरदेखि तीन सय मिटर पर घन्सी बारीमा लुकेर बसेका पप्पु राम, दीपक यादव, प्रदीप राम, शिव कुमार मेहता र दिनेश मेहताले कुटपिट गरेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दिनेश मेहताले नजिकै रहेको गोरू गाडामा लगाएको बाँस ल्याई मृतकको टाउकोमा प्रहार गरेको खुलेको छ ।

शिव कुमार मेहताले नजिकै रहेको गोरु गाडामा वाधिएको नाईलन (प्लाष्टिक) को डोरी ल्याई मृतकको घाटिमा समेत बाँधेको र प्रदीप राम, पप्पु राम र दीपक यादव मिलेर मृतकको हात तथा खुट्टा बाँधेर विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । गुणराजको हत्यामा संलग्न पाँचै जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सुनसरीबाट तीन दिनको म्याद थप गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन घेराको सुरक्षा