पोखरा । पोखरामा जिप ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा अर्का प्रहरी हवल्दार गम्भीर घाइते भएका छन् ।
पोखरा–५, मालेपाटनमा गएराति करिब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जीपले प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पा घर भएका मोटरसाइकल चालक २० वर्षीय चन्द्रबहादुर बगालेको मृत्यु भएको हो । यस्तै, बर्दियाका प्रहरी हवल्दार ३४ वर्षीय चन्द्रबहादुर थारु घाइते भएका छन् ।
दुर्घटनापछि गम्भीर घाइते दुवैको उपचारार्थ गण्डकी मेडिकल कलेज, नयाँबजार लगिएकोमा बगालेको उपचारक्रममा १ बजेर ५० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)






