इलाम । इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटरसहितको घाँस काटने मेसिन वितरण गरिएको छ । कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो ।
‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटरसहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिए ।
नगर प्रमुख राईले किसानको समृद्धिनै नगरको आर्थिक समृद्धि भएकाले किसानलाई प्रत्यक्ष फाईदा हुँने काम नगरे गरिरहेको बताउनु भयो । नगर प्रमुख राईले भने ‘ नगरले दैनिक २ लाख लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएकाले पहिला पशु सुधारको काममा लागेका छौ ।’
नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योजना अनुसार अहिले नगरका किसानलाई गाई वितरण, घासको बीउ र बिरुवा बितरण गर्नुका साथै भकारो सुधार कार्यक्रम समेत गरिरहेको छ । सूर्योदय नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले प्रतिगोटा ३० हजार मुल्यको मेसीनमा किसानले आधा लगानी गरेको बताए । पुरै अनुदान दिदा किसानको दायीत्व नदेखिने भएकाले किसानलाई थप जिम्मेवार बनाउन ५० प्रतिशत अनुसानको कार्यक्तम ल्याईएको जानकारी दिए । नगरपालिकाले ‘किसानसंग संमृद्धि’ अभियान नामको कार्यक्रम नै नगरपालिकामा संचालन गरिरहेको छ ।
७० जना किसानलाई ड्रम र सिलपोलिन वितरण
त्यस्तै नगरपालिकाले ७० जना किसानलाई ड्रम र सिलपोलिन वितरण गरिसकेको छ । नगरका किसानलाई नयाँ उत्साह, जोशजागर र कृषिमा क्षमता अभिवृद्धि गर्दै दिगो खाद्य उत्पादन प्रणाली सुनिश्तिच गर्नको लागि किसानलाई ड्रम र सिलपोलिन वितरण गरिएको हो । कृषि क्षेत्रमा अग्रणी रहेको नगरमा उत्पादकत्व र उत्पादन वृद्धि गर्न, पर्यावरणीय प्रणाली कायम राख्न यो अभियानले सार्थकता पाउने सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बताए ।

निर्वाहमुखी किसानलाई व्यावसायिक किसानमा रूपान्तरण गर्नका लागि साना साना कुराहरूमा सुधार गर्न जरूरी रहेको नगर प्रमुख राईले बताए । विभिन्न सुधारका कार्यक्रम मध्ये गोठे मल कसरी तयार गर्ने भन्ने ’boutमा सत्तरी किसानहरूलाई प्रविधि हस्तातरण गरिएको छ । गोठे मल सुधार गर्न २०० लिटरको ड्रम र सिलपोलिन वितरण गरी प्रयोग सम्वन्धि जानकारी समेत दिइएको छ । गोठको मललाई व्यवस्थित र ४५ दिनभित्र कसरी तयार गर्ने ’boutमा किसानलाई जानकारी दिएको छ ।
नगरपालिकाले कृषि सम्बन्धि असल कृषि अभ्यास, असल पशु चिकित्सा र पशुपालन अभ्यास सम्वन्धी प्रारम्भिक कार्यक्रमहरू ल्याउने नगर प्रमुख राईले जानकारी दिए । नगरले प्रर्यावरणीय प्रणाली सम्वन्धि, मौसमी विपत्त, खडेरी, बाढीको असरले पुर्याउन सक्ने उत्पादकत्वको ’boutमा पनि किसान माझ चाडै नगरपालिका पुग्ने राईको भनाई छ ।






