उदयपुर । उदयपुरको तीन वटा स्थानीय तहहरुमा कोरोना समुदाय स्तरमा नै फैलिएको छ । पछिल्लो समय एकै परिवारका चार सहित १५ जनामा कोरोना संक्रमित थपिएसँगै समुदाय स्तरमा कोरोना फैलिएको हो । उदयपुरको बेलका, त्रियुगा र कटारी नगरपालिकामा कोरोना समुदाय स्तरमा पुगेका हुन् । उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारमा एकै परिवारका चार जनामा संक्रमित थपिएको छ । त्यसैगरी त्रियुगा नगरपालिका– ९ झिल्केटोलमा पनि एकै परिवारका तीन जनामा कोरोना पुष्टि भएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएकाले मालपोत कार्यालय गाईघाटका ८ जना कर्मचारीमा सेवाग्राहीबाट कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यहाँका कर्मचारीहरुको ट्राभल्स हिस्ट्री हेर्दा र कन्ट्रयाक्ट टेसिङ्ग गर्दा यस्तो पाईएको हो । केही दिनअघि मालपोत कार्यालय गाईघाटका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरि कन्ट्रयाक्ट ट्रेसिङको आधारमा गरिएको पिसिआर परिक्षणमा मालपोत कार्यालयको ७ जना कर्मचारीमा एकै चोटी कोरोना संक्रमण भेटिएको थियो ।
बेलका नगरपालिका– ९ रामपुर बजारका ६८ वर्षीय पुरुष, ६० वर्षीय महिला, २० वर्षीया महिला, २० वर्षीया महिला, १८ वर्षीय पुरुष, १७ वर्षीया महिला, बेलका नगरपालिका– २ का ४० वर्षीय पुरुष र साहारा लद्युबित रामपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । त्यसैगरी त्रियुगा नगरपालिका– ९ झिल्केटोलका ६२ वर्षीया महिला, ३० वर्षीया महिला, ३८ वर्षीय पुरुष, त्रियुगा नगरपालिका– १ जोगिदहका ३५ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी मालपोत कार्यालय गाईघाटका कर्मचारीहरु ४४ वर्षीय पुरुष, ३८ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, ३२ वर्षीया महिला, २७ वर्षीय पुरुष, ४२ वर्षीय पुरुष, ४० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय उदयपुृरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । त्यसैगरी केहि दिन अघि बेलका नगरपालिकामा २ वर्षीय नाबालकसहित एकै घरका ४ जनासहित पुन ९ जनामा कोरोना संक्रमित थपिएको थियो ।
बेलकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएकोले त्यहाँका जनजीवन अहिले त्रसित छन् । केही दिन अघि बेलका नगरपालिकाकै जनप्रतिनिधि सहित ५ जनामा कोरोना संक्रमण भेटिएपछि बेलका नगरपालिकाका कोरोना संक्रमण समुदाय स्तरमा पुगेको थियो । कोरोना संक्रमित हुनेमा बेलका नगरपालिका– ९ का ७० वर्षीय पुरुष, उनका छोरा ४० वर्षीय पुरुष, बुहारी २७ वर्षीया महिला, २ वर्षीया नातीनी रहेको छ । त्यसैगरी छिमेकी २७ वर्षीया महिलालाई समेत संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका– १ का १८ वर्षीय पुरुष, बेलका नगरपालिका– ३ का ३० वर्षीय पुरुष, बेलका नगरपालिका– ४ का २८ वर्षीय पुरुष, बेलका नगरपालिका– ५ का ४० वर्षीय पुरुष रहेको छ ।
बेलका नगरपालिका– १ आम्बासीका ३४ वर्षीय पुरुष, ३१ वर्षीय पुरुष, बेलका नगरपालिका– ९ रामपुरका ४० वर्षीय पुरुष, २५ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी केही दिन अघि बेलका गरपालिका– २ पुरन्दहका ६२ वर्षीय वडाध्यक्ष बेलका नगरपालिका– ५ का ४० वर्षीय पुरुष, बेलका नगरपालिका– ९ का ३२ वर्षीय पुरुष, २३ वर्षीय पुरुष र बेलका नगरपालिका– ५ कै ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएका हुन् ।
भारतको दिल्लीमा होटल ब्यवसाय गरेर घर फर्किएर कटारी नगरपालिका– १ स्थित बेलश्रोतमा नेपाली सेनाले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएका कटारी नगरपालिका– ५ का ४६ वर्षिय पुरुष, २१ वर्षीय पुरुष, १७ वर्षीया बालिका, १३ वर्षीया बालिका, १० वर्षीया बालिकाहरुमा कोरोना पोजेटिभ देखिएको उनीहरु एकै घरमा परिवार हुन् ।
उदयपुरमा कोरोना भाईरस (कोभिड –१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा भारतबाट आउन थालेपछि पुन कोरोना देखिन थालेको हो । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ । भारतबाट आएर क्वारेन्टिनमा राखिएकोहरुमा कोरोना संक्रमण पुष्टि हुने गरेकोमा जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि समुदाय स्तरमा फैलिएको बताए । भारत लगायतका देशबाट आएकाहरुलाई नगरपालिका तथा गाउँपालिकाले उद्धार गरि क्वारेन्टाईनमा राख्ने गरेको छ ।
उदयपुरमा संक्रमित भएकाहरुलाई चौदण्डीगढी नगरपालिका– ६ सातधारेस्ति कोरोना उपचार केन्द्र बेल्टारमा राखेर उपचार गराई राखेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका श्रोत ब्यक्ति लौकाजी राईले बताए । पछिल्लो समय समुदायमा कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । बैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएका त्रियुगा नगरपालिका– ३ भुल्के नुरी मस्जिद र आसपासका ८ महिलासहित ३२ मध्ये भारतका १२ र मोरङका ४ जमाति, सप्तरीका २ र बाँकी भुल्केका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले अहिलेसम्म १ हजार ७ सय १ जना महिलासहित ६ हजार ५ सय ५४ जनामो स्वाप संकलन गरी पिसिआर गरेकोमा ३१ महिलासहित उदयपुरमा १०७ जनामा कोरोना संक्रमण पुष्टि भई सकेको छ । त्यस मध्ये सबै भन्दा बढी जोखिम बेलका नगरपालिका भएका छन् भने स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्र बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिकामा भदौं ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।