होम आईसोलेशनमा बसेका ४५ वर्षीय पुरुषको काेराेना स‌ंक्रमणबाट मृत्यु

फाइल तस्वीर

मोरङ । कोरोनाको संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका एक जनाको मृत्युु भएको छ । विराटनगर महानगरपालिकाको वडा-६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा अध्यक्ष विजय कामतले बताए । उनका अनुसार संक्रमित पुरुषको बिहीबार साँझ मृत्यु भएको हो । मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।

उनमा ३ दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो । मृतककाे शव व्यवस्थापन नेपाली सेनाकाे टाेलीले गर्ने वडाध्यक्ष कामतले बताए । विराटनगरमा हाेम आईसाेलेशनमा पहिलाे पटक मृत्यु भएकाे हाे । विराटनगरमा हाल सम्म ७ सय ४५ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ३ सय३१ जना हाेम आईसाेलेसनमा रहेकाे महानगरपालिकाले जनाएको छ । विराटनगरमा यसअघि काेराेनाबाट ८ जनाकाे मृत्यु भईसकेकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ