सिस्नु संरक्षणका लागि रोशी गाउँपालिकामा सिस्नु खेती कार्यक्रम


काभ्रेपलाञ्चोक । केही वर्ष अघिसम्म सिस्नुलाई हेला गरिने वनस्पतिका रूपमा मात्र प्रचलित थियो । गाउँघरमा घाँसदाउरा गर्दा सिस्नोले पोल्ने डरले सिस्नोलाई फाँडेर फ्याल्ने गरिन्थ्यो । तर अहिले सिस्नु फाँडेर फाल्ने हातहरू सिस्नुको संरक्षण गर्न लागि परेका छन् । अहिले स्थानीय तहहरुले पनि आफ्नो वार्षिक निति तथा कार्यक्रममा सिस्नुलाई प्राथमिकतामा राखेर यसको संरक्षणमा गर्दैछन् ।


जिल्लाको रोशी गाउँपालिकाले विस्थापित हुदैँ गएको सिस्नुलाई संरक्षण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७६÷०७७को निति तथा कार्यक्रममा सिस्नु खेतीलाई समावेश गरेको छ । गाउँपालिकाको कृषि अन्र्तगतको उक्त कार्यक्रमले किसानलाई कृषिमा आत्मनिर्भर गराउने लक्ष्य राखेको छ ।


विभिन्न मुलुक र नेपालमै पनि सिस्नुको माग बढ्दै गएकाले सिस्नुलाई बालीकै रूपमा खेती गरेर किसानको आम्दानीको स्रोत बढाउने कार्यक्रम रहेको गाउँपाललिकाका अध्यक्ष दिल बहादुर(डि.बी) तामाङले बताए । ‘सिस्नु औषधीय गुणले भरिपूर्ण भएको कारण धेरै व्यक्तिले यसको सेवनलाई प्रोत्साहन गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ,’ उनले भने, ‘यससँगै सिस्नुको माग स्वदेशदेखि विदेशसम्म बढ्दै गएको अवस्थामा सिस्नु खेतीबाट कृषकको आयआर्जनमा बृद्धि गर्ने पनि कार्यक्रमको अर्को उद्धेश्य हो ।’

उनका अनुसार अहिले सिस्नु खेती कार्यक्रमको प्रारम्भिक चरण रहेको छ । सिस्नु खेतीका लागि हावापानी सुहाउँदो ठाउँको अवलोकन र अनुसन्धान भइरहेको छ । गाउँपालिकाको वडा नं ९ को मंगलटार र रजबास, वडा नं २ र ३ को शिखरआम्बोटे, वडा नं ४ र ५को सिसाखानीमा सिस्नु खेती गर्ने परिकल्पना गरिएको गाउँपालिकाले जनाएको छ । सिस्नुखेती कार्यक्रम शान्ति जनआर्दश सेवा केन्द्र र रोशी गाउँपालिको साझेदारीमा सञ्चालन हुदैँ छ । गाउँ घरमा अचेल सिस्नु लोप हँुदैँ गएको अवस्थामा गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको कार्यक्रमको साझेदारी संस्था शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले बताए ।


केन्द्रका अध्यक्ष लामाका अनुसार सिस्नु खेती सजिलै गर्न सकिन्छ । हाम्रै गाउँघरमा प्रयोगमा नआएको पाखा पखेरामा सिस्नु लगाएर राम्रै आम्दानी गर्न सकिन्छ । यसमा किसानले धेरै मिहेनत गर्न नपर्ने उनले बताए ।
उनका अनुसार रानी र साधारण गरि दुई जातका सिस्नु लगाइनेछ । समुन्द्री सतहबाट २ सय मिटरदेखिको चिस्यानयुक्त माटोमा सिस्नु फस्टाउने भए पनि ७ सयदेखि एक हजार ३ सय मिटरको उचाइमा पनि सिस्नु खेती गर्न सकिन्छ । खेतीकै रूपमा लगाउने हो भने फलफूलको बगैँचाभित्र लगाएर दोहोरो आम्दानी गर्न सकिन्छ ।
प्रत्यक्ष घाम नलाग्ने ठाउँमा राम्रोसँग सप्रिने हुँदा सेपिलो वा अन्य बाली नसप्रने ठाउँमा पनि सिस्नु लगाउन सकिन्छ । उक्त साझेदारी कार्यक्रमको लागि गाउँपालिकाबाट १० लाख र शान्ति जनआर्दश सेवा केन्द्रबाट १० लाख गरि कुल २० लाख बजेट बिनियोजन गरिएको छ । सिस्नु खेती कार्यक्रमको लागि हाल पाँच हजार सिस्नु विरुवा रोपिने जनाइएको छ ।


सिस्नुमा पाइने क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरन जस्ता तत्व पाइने भएकाले धेरै फाइदाजनक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार सिस्नु खाँदा गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक छ । सिस्नुले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्छ ।

त्यस्तै उच्च रक्तचाप र मधुमेह रोगीका बिरामीका सिस्नु निकै उपयोगी हुन्छ । शरीर दुख्ने समस्यामा पनि सिस्नु सेवनले फाइदा गर्छ । यसले शरीरमा रगतका नयाँ सेल बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रोस्टेड, ग्ल्यान्ड, बाथ, पिसाबको संक्रमण, एलर्जी जस्ता समस्याको समाधानमा पनि यसले मद्दत गर्ने स्वास्थ्य चिकित्सकहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 1,387 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सङ्खुवासभामा मुआब्जा वितरणबाट ५ करोड बढी राजश्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी